७ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै, काँग्रेस सशंकित

नेपालब्रिटेन संवाददाता
२७ फाल्गुन २०७४, आईतवार ०४:५६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामो आज विश्वासको मत लिँदै हुनुुहुन्छ । संविधानको धारा ७२ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनु पर्ने व्यवस्था छ । प्रधानमन्त्री ओलीले दिउँसो ३ बजेपछि विश्वासको मत लिने कार्यतालिका हिजोको संसद बैठकमा सार्वजनिक गरिएको थियो ।

प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि १ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ । संवैधानिक व्यवस्था अनुरा प्रधानमन्त्रीले संसदमा कायम रहेको सदस्य संख्याको बहुमत सदस्य पु¥याउनु पर्नेछ । अहिले प्रतिनिधिसभामा २७५ सदस्य हुनुहुन्छ ।

यसैबीच, ओली नेतृत्वको वाम सरकारले तीन चौथाइभन्दा बढीको समर्थन प्राप्त गर्ने भएको छ । सत्ता गठबन्धनमा रहेका एमाले र माओवादी अतिरिक्त संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी राजपा र राप्रपाले विश्वासको मत दिने पक्का पक्की भएको छ । तर, प्रतिपक्षी काँग्रेसले तीन चौथाइ मत पुग्ने भएपछि कार्यकारीको स्वेच्छाचारीता बढ्ने आशंका गरेको छ ।