१३ बैशाख २०८१, बिहीबार
Follow Us

चैत २ गते उपसभामुखको निर्वाचन

नेपालब्रिटेन संवाददाता
२७ फाल्गुन २०७४, आईतवार १४:०४

काठमाडौं । प्रतिनिधिसभाका उपसभामुखको चयन आगामी चैत २ गते शुक्रबार १३.०० बजे हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकले उपसभामुखको मिति तोकेको हो । सभामुख कृष्णबहादुर महराले उपसभामुख चयनको निर्वाचन प्रक्रिया तत्काल अगाडि बढाउन संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भटृराईलाई निर्देशन दिनुभयो । प्रतिनिधिसभाको अर्को बैठक आगामी चैत २ गते १३.०० बजे बस्नेछ ।