६ बैशाख २०८१, बिहीबार
Follow Us

एक खु्ट्टाले नाच्ने रोमा जेल चलान

sarusaru
२८ फाल्गुन २०७४, सोमबार ०२:५२

काठमाडौं । एक खुट्टाको भरमा नाचेर चर्चामा आएकी कलाकार रोमा न्यौपाने जेल चलान भएकी छन्।

जिल्ला अदालत, काठमाडौंले तोकेको ३६ लाख ५० हजार रुपैयाँ धरौटी तिर्न नसकेपछि उनी जेल चलान भएकी हुन् ।

अदालतका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले न्यौपानेलार्इ उक्त रकम बराबरको धरौटी मागेको थियाे।

हाल उनलाई केन्द्रीय कारागार चलान गरिएको काठमाडौं प्रहरी परिसरका डिएसपी मोहन थापाले अनलाइनखबरलाई बताए । यसअघि २४ फागुनमा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

रोमासहित उनका पति चिरञ्जीविविरुद्ध ३६ लाख रुपैयाँ ठगी गरेको उजुरी परेको थियो । उनका पति पक्राउ परे पनि रोमा भने फरार थिइन् ।

उनीहरूले भोल्युन्टर एसोसिएसन अफ डिसेबलिटिज (भीएडी) नामक संस्था खोलेर ‘भीएडी नेपाल लघुवित्त कार्यक्रम’ को नाममा लाखौं रुपैयाँ ठगी गरेका थिए ।

जिल्ला अदालतले २६ पुस २०७३ मा चिरञ्जीवीलाई दोषी ठहर गर्दै दुई वर्ष कैद सजाय र साढे ३६ लाख विगो जरिवानाको फैसला सुनाएको थियो ।

रोमालाई २०७२ सालमा सरकारले युवा प्रतिभा तथा युवा उद्यमी पुरस्कार समेत प्रदान गरेको थियो ।
– अनलाइन खबरबाट ।