७ बैशाख २०८१, शुक्रबार
Follow Us

जुवा खालबाट पक्राउ परे प्रहरी नै

sarusaru
२८ फाल्गुन २०७४, सोमबार ०३:१६

काठमाडौं । महानगरीय अपराध अनुसन्धान महाशाखाका दुई जना प्रहरी अधिकारी जुवाको खालबाट पक्राउ परेका छन् ।

पक्राउ पर्ने प्रहरी अधिकारीमा महाशाखाका हवल्दार इन्द्र थापा र प्रहरी जवान सुरज थापा छन् ।

गएराति काठमाडौं प्रहरी परिसरले काठमाडौं–२६, गोंगबुस्थित कालो बंगुर सेकुवा घरमा छापा हान्ने क्रममा उनीहरु पक्राउ परेका हुन् । उनीहरुसँगै अन्य ५ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा अन्यमा शैलेन्द्र खड्का, सञ्जयकुमार तामाङ, अरुणकुमार महर्जन, अनिल गुरुङ र विष्णु श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट १ लाख ४७ हजार १ सय रुपैयाँ रकम समेत बरामद भएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए । उनका अनुसार थप अनुसन्धान भइरहेको छ ।

जुवा खेलाउने सेकुवा घरका मालिक अर्जुन ठकुरी फरार छन् ।

ओखरको प्रयोगबाट जुवा खेल्ने १८ समातिए

यसैबीच, गोप्य सुराकीका आधारमा काठमाडौं प्रहरी परिसर अन्तरगतको प्रहरी प्रभाग, वलम्बुबाट खटिएको प्रहरी निरीक्षक शर्मिला पौडेलसहितको टोलीले ओखरको प्रयोगबाट जुवा खलिरहेको अवस्थामा १८ जनालाई नियन्त्रणमा लिएको छ ।

उनीहरुको साथबाट ३ लाख ६८ हजार ५ सय १५ रुपैयाँ समेत बरामद भएको जनाइएको छ ।

प्रहरीका अनुुसार गएराति काठमाडौंको चन्द्रागिरी–८, ढाक्सीस्थित ग्रिन हिल रिसोर्टको कम्पाउन्डभित्र जुवा खेलिरहेका वेला उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा निम्न व्यक्ति छन्ः–

काठमाडौं च.न.पा.११ सतुङ्गलका ३८ वर्षीय बुद्ध श्रेष्ठ
ऐ.ऐ.स्थान घर भएका ३४ वर्षीय मनकाजी श्रेष्ठ
ऐ.ऐ.स्थान घर भएका ३० वर्षीय मनोज महर्जन
काठमाण्डौ च.न.पा.१३ का ३१ वर्षीय सुमित बिडारी
काठमाण्डौ च.न.पा.५ का ३० वर्षीय हिरा महर्जन
भारत मोतिहारी घर भई का.जि.च.न.पा.११ सतुङ्गल बस्दै अाएका २४ वर्षीय सतिक खान
सप्तरी कबिलासा ७ घर भई च.न.पा.११ सतुङ्गलका ३६ वर्षीय सिफेदलाल सन्त
मकवानपुर थाहा न.पा. ७ घर भई स्वयम्भु बस्ने बर्ष २८ को पञ्चनारायण स्याङ्ताङ
काठमाडौं १५ का २६ वर्षीय कबि महर्जन
ऐ ऐ स्थान घर भएका २७ वर्षीय बिजय तामाङ
जि.काठमाण्डौ का.म.न.पा.१९ का ३० वर्षीय सुरेश साई
ऐ ऐ स्थानका २७ वर्षीय साजन नेपाली
ऐ ऐ स्थानका २८ वर्षीय ईन्द्र नेवार
काठमाडौं च.न.पा.९ का ३४ वर्षीय हिरा कृष्ण साई
काठमाडौं-१४ घर भएका ४० वर्षीय कान्छी देउला
का.म.न.पा.२१ का ३८ वर्षीय धनमाया देउला
ऐ ऐ स्थान घर भएका ३७ वर्षीय जीतु देउला
ऐ ऐ स्थान घर भएका ४७ वर्षीय बच्चा देउला
– अनलाइन खबरबाट ।