१५ बैशाख २०८१, शनिबार
Follow Us

रेल सेवाको अध्ययन गर्न भारतीय टोली नेपालगञ्जमा

नेपालब्रिटेन संवाददाता
२८ फाल्गुन २०७४, सोमबार ०४:५९

काठमाडौं । राँझा विमानस्थल हुँदै कोहलपुरसम्म विस्तार हुने रेल सेवाको अध्ययन गर्न भारतीय अधिकारीहरू नेपालगञ्ज आउँदैछन् । भारतको गोरखपुर र गोन्डाका रेल अधिकारीहरु अध्ययनका लागि आज नेपालगन्ज आउन लागेका हुन् । उनीहरूले नेपाली अधिकारी र स्थानीयसित भेटेर छलफल गर्नेछन् ।
भारतीय अधिकारीले रुपैडिहास्थित रेल स्टेसनबाट अध्ययन सुरु गर्ने कार्यक्रम छ । यो रेल स्टेसनले भारतमा अंग्रेज शासनको पालादेखि नेपाल–भारत जोडेको छ । त्यहाँबाट सीमावर्ती नेपाली गाउँ पिप्रहवा हुँदै राँझासम्म सर्भे गर्ने कार्यक्रम छ । अध्ययन टोलीले यसअघि नेपालगन्जको पूर्वी क्षेत्र पिप्रहवा हुँदै सिधै राँझासम्म रेल सेवा विस्तारको प्रस्ताव गरेको थियो ।
जिल्ला प्रशासन, मालपोत, नापी, वन र भन्सार कार्यालयका अधिकारी टोलीमा सदस्य छन् । भारतीय अधिकारीले रुपैडिहा रेल स्टेसनबाट लिक सुरु गरी राँझा विमानस्थल नजिकैको सोल्टी होटेलसम्म सिधा विस्तार गर्ने प्रस्ताव गरेका छन् ।