११ बैशाख २०८१, मंगलवार
Follow Us

प्रधानन्यायाधीश पराजुलीविरुद्ध न्यायाधीश जबरा, न्यायालय विवादको घेरामा

नेपालब्रिटेन संवाददाता
२८ फाल्गुन २०७४, सोमबार ०८:५०

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज इजलास बहिष्कार गर्नुभएको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताअनुसार गत साउनमै ६५ वर्षको उमेर हद सकिएको र प्रधानन्यायाधीशका रुपमा कार्यकाल सकिएको भन्दै उहाँले तोकेको इजलासमा बस्न अस्वीकार गर्नुभएको हो ।

डा गोविन्द केसीविरुद्धको अदालतको अवहेलना मुद्दाको सुनुवाइ आइतबारदेखि शुरु भएको हो । सोही इजलासमा सुनुवाइ हुँदाहुँदै उहाँले इजलास बहिष्कारको घोषणा गर्नुभएको हो । न्यायाधीश जबराले प्रधानन्यायाधीश गोपाल पराजुलीसहित सात जना न्यायायाधीश भएको इजलास बहिष्कार गर्नुभएको हो ।