८ बैशाख २०८१, शनिबार
Follow Us

राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिना निर्वाचित

नेपालब्रिटेन संवाददाता
२८ फाल्गुन २०७४, सोमबार १०:०३

काठमाडौं । राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिना निर्विरोध निर्वाचित भएका छन् । एमाले सांसद तिमिल्सिनाको मात्र उम्मेदवारी परेकोले उनी निर्विरोेध निर्वाचित भएका हुन् । यद्यपि अध्यक्षमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा बुधबार राष्ट्रियसभा बैठकले गर्ने भएको छ । तिमिल्सिनाको प्रस्तावकमा एमालेका खिमलाल भट्टराई र समर्थकमा माओवादीका दीनानाथ शर्मा र एमालेका सुमनराज प्याकुरेल छन् । राष्ट्रियसभा अध्यक्षमा निर्वारोध बनेपछि तिमिल्सिनाले सभालाई सबैको साझा संस्था बनाउने बताएका छन् ।