१२ बैशाख २०८१, बुधबार
Follow Us

बन्द विमानस्थल खुला

नेपालब्रिटेन संवाददाता
२८ फाल्गुन २०७४, सोमबार १२:२०

काठमाडौं । युएस बंगलादेश एयरलाइन्स दुर्घटनाका कारण आज बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । आज अपराह्न १४.१८ बजेदेखि बन्द भएको विमानस्थल १६.५० देखि खुलेको हो नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले बताउनुभयो । काठमाडौँमा अवतरणका तयारीमा रहेका विमानलाई लखनौ र ढाकातर्फ पठाइएको थियो ।

विमानस्थल खुलेपछि ती विमान काठमाडौँमा अवतरण हुनेछन् । ढाकाबाट काठमाडौँ आउँदै आएको बिएस २११ ‘कल साइन’ भएको उक्त विमानमा चालक दलका चार सदस्यसहित ६७ यात्रु सवार थिए ।

प्रधानमन्त्री अस्पतालमा
प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा केएमसी अस्पताल सिनामङ्गल पुगी विमान दुर्घटनामा परी घाइते भएका यात्रुको अवस्थाका बारेमा जानकारी लिनुभएको छ । प्रधानमन्त्री ओलीले घाइतेको उपचारमा कुनै पनि कसर बाँकी नराख्न अस्पताल प्रशासनलाई निर्देशन दिनुभएको छ