१६ चैत्र २०८०, शुक्रबार
Follow Us

पत्रकार महासंघ यूकेमा विवाद, षड्यन्त्र भयो — फोनिज


२८ फाल्गुन २०७४, सोमबार १२:१७

लण्डन । पत्रकार महासंघ वेलायतको सदस्यता वितरणलाई लिएर विवाद उत्पन्न भएको छ । आइतवार वसेको कार्यसमितिको बैठकले गरेको निर्णय प्रति नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेले आपत्ति जनाए पछि विवाद सुरु भएको हो । अध्यक्ष प्रमिला राई र महासचिव खुशी लिम्बुद्धारा जारी छुट्टा छुट्टै विज्ञप्तिमा सदस्यता वितरणमा बदनियतपूर्वक र सुनियोजित षडयन्त्र भएको उल्लेख छ । विज्ञप्तिमा बदनियतपूर्वक र सुनियोजित षडयन्त्रका बिरुद्ध बेलायवासी नेपाली जनजाति पत्रकारहरु र सम्पूर्ण न्यायप्रेमी नेपाली पत्रकारहरु एक हुन फोनिज यूके हार्दिक अपिल गर्दछ उल्लेख छ ।

विज्ञप्तिको पूर्णपाठ

बेलायतमा रहेका नेपाली पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासंघ बेलायत शाखाको कार्यवधि गत मार्च ६ २०१८ का दिन विधिवत रुपमा समाप्त भएको बेलायतवासी आम नेपाली जनसमुदायलाई जग जाहेर छ । यस परिस्थितिमा “केन्द्रसंग समन्यव गरेर मात्रै अधिबेशनको मिति तोक्नुू भनी काठमाण्डौंस्थित नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालयले जारी गरेको पत्रको निर्देशन बिपरित नेपाल पत्रकार महासंघ बेलायतको बिघटित पूर्व कार्यसमितिले हिजो मिति ११ मार्चका दिन गरेको निर्णयहरुको बिरुद्ध नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूके यो प्रेश बिज्ञप्ति जारी गर्दछ ।

सदस्यता दर्ताको अन्तिम मिति गत जनवरी ३१ मा समाप्त भएपश्चात तत्काल सदस्यता वितरण नगरेर झण्डै डेढ महिनापछि मात्र आफ्ना अनुकुलका आवेदकहरुको मात्र आवेदन स्वीकार गर्नु पत्रकारिता र आम पत्रकारहरुको बिरुद्द भएको फोनिज यूकेको ठहर छ । आगामी अधिवेशनका पदका आकांक्षीहरु मात्रै बसी आफ्ना समर्थकहरुलाई मात्र सदस्यता बितरण गर्ने यो दुष्प्रयास घोर निन्दनीय र आपत्तिजनक छ ।

नेपाल पत्रकार महासंघ बेलायत शाखाका निवर्तमान कार्यसमितिका मुट्ठीभरका सदस्यहरुको यस बदनियतपूर्वक र सुनियोजित षडयन्त्रका बिरुद्ध बेलायवासी नेपाली जनजाति पत्रकारहरु र सम्पूर्ण न्यायप्रेमी नेपाली पत्रकारहरु एक हुन फोनिज यूके हार्दिक अपिल गर्दछ ।

सदस्यता वितरण र नविकरण प्रक्रियामा नेपाल पत्रकार महासंघको बेलायत शाखाले सम्भावित रुपमा गर्न सक्ने यिनै दुष्प्रयासहरुलाई मध्यनजर गरी केन्द्रबाट मिति २०७४ फागुन २५ मा बेलायत शाखालाई निर्देशन आएको हो । तर केन्द्रको निर्देशनलाई समेत बेवास्ता गरी मिति १९ मे २०१८ का दिन हुने भनी तोकिएको कथित बेलायत शाखाको अधिबेशन फोनिज यूके र यसमा आवद्द पत्रकारहरुका लागि मान्य नहुने घोषणा यसै बिज्ञप्ति मार्फत सार्वजनिक गरिन्छ । “केन्द्रसंगकको परामर्श बिना कुनै महत्वपूर्ण निर्णय नगर्नू भनी दिएको केन्द्रको निर्देशनलाई चुनौति दिंदै मुठभेडको वातावरण तयार गर्ने बेलायत शाखाका केही सदस्यहरुको निर्णय दुर्भाग्यपूर्ण छ र फोनिज यूके यसको घोर भत्र्सना गर्दछ साथै दोषीहरुलाई उचित कारवाहीको जोडदार माग गर्दछ ।

समयावधि सकिसकेको बेलायत शाखाको कार्यसमितिको अबैधानिक निर्णय केन्द्रको बिधानलाई समेत चुनौति हो र नेपाल पत्रकार महासंघले होशियारी र बुदुदीमतापूर्वक आम पत्रकारहरुको हितमा निर्णय गर्नेछ भन्ने आशा फोनिज यूके ब्यक्त गर्दछ ।