१४ बैशाख २०८१, शुक्रबार
Follow Us

राणाको वक्तव्य अदालतमाथिको प्रहार : बार

नेपालब्रिटेन संवाददाता
२९ फाल्गुन २०७४, मंगलवार ०४:१८

काठमाडौं । नेपाल बार एशोसियशनले न्यायधीश चोलेन्द्र शमशेर जबराबाट जारी वक्तव्यलाई न्यायमूर्तिको आचारसंहिता विपरीत कार्य भएको ठहर गरेको छ । बारले जारी गरेको विज्ञप्तिमा एकजना न्यायाधीशको वक्तव्यले अदालत माथिको प्रहार भएको ठहर गरेको हो । न्यायाधीशको कार्य गलत प्रक्रिया र पद्दतीको सुरुवात भएको भन्दै बारले भत्सना पनि गरेको छ ।

संवैधानिक परिषदको सिफारिस बमोजिम नियुक्त भई न्याय सम्पादनमा संलग्न प्रधानन्यायाधीशलाई गलत लान्छना लगाउने, न्यूनतम मर्यादा तथा आचरण समेत ख्याल न्यायाधीसले बक्तब्यवाजी गरेको भन्द‌‌ै दु:ख पनि जनाएको छ । व्यक्ति विशेष, समूह, तह र तप्कालाई चित्त बुझेन भन्दैमा न्यायिक निकायलाई प्रयोगशाला नबनाउन समेत बारले भनेको छ ।

यस्तै कान्तिपुरमा प्रकाशित भएको समाचारलाई लिएर बारले प्रेस स्वतन्त्रताका नाममा न्यायापालिका माथि हुने प्रहार सह्य नभएको बताएको छ । बारले क्षणिक आवेश वा सनकको भरमा स्वतन्त्र न्यायपालिकाको गरिमामाथि आँच आउने गरी गरेको कार्यले न्यायपालिका, व्यवस्थापिका, कार्यपालिका र प्रेस स्वतन्त्रताको गरीममा समेत प्रश्न चिन्ह उठ्ने ठहर उसको छ ।

बारले गलत प्रक्रिया र पद्दतीको नजिर बसाउने भने विधिको शासन र न्यायिक प्रक्रिया अवरोध हुन गई स्वतन्त्र न्यायपालिकाको अस्तत्विमाथि प्रहार भएको उल्लेख गरेको छ ।