१६ चैत्र २०८०, शुक्रबार
Follow Us

‘मिसेस’नेपाल यूकेको च्यारिटीमा उठ्यो १० लाख संकलन


२९ फाल्गुन २०७४, मंगलवार २०:१९

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न ऐतीहासीक कार्यक्रममा बिशेष अतिथि
थिए एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी।

लन्डन फेसन हाउसको आयोजनामा सम्पन्न ‘मिसेस नेपाल यूके २०१७ प्रतियोगीहरुलाई ताज पहिर्‍याउने संस्थापक एबं लन्डन फेसन हाउस यूकेका प्रोप्राइटर मनिषा डंगोल श्रेष्ठ तथा यस सस्थाका सल्लाहकार एबं बरिस्ठ लेखक पूर्व डिएसपी शिवजी श्रेष्ठको मुख्य संयोजनमा भक्तपुरस्थित दिवा कक्षा केन्द्रमा आश्रित मस्तिष्क पक्षघात भएका बालबालिकाको सहयोगार्थ मिसेस नेपाल यूके २०१७ का विजेताहरु आस्था जोशी, अमृता गिरी गजुरेल, गिता बस्नेत पाण्डे, प्रिमा भट्टराई, मन्जु शाह, शर्मिला पछाइ थापा र अन्जु श्रेष्ठले च्यारिटी गरेका हुन् ।

आयोजकले अन्य च्यारिटीभन्दा निकै फरक शैलीमा आयोजना गरेको च्यारिटी डिनर कार्यक्रममा ब्रेन्ट काउन्सिल मेयर भगवानजी चौहान, एनआरएनए यूके उपाध्यक्ष प्रेम गाहा मगर,पुनम गुरुगं, महासचिव आरके त्रिपाठी,सामूहिक लगानी विभागका संयोजक गंगा राना. धर्म विभाग प्रमुख होमनाथ पौडेल, यती एसोसिएसनका पूर्व अध्यक्ष उमेशराज मोक्तान ग्रेटर रशमोर नेपाली कम्युनिटीका अध्यक्ष जिव बेल्बासे, एसिएन महिला एसोसिएसन अध्यक्ष अमिता बेल्वासे ,पत्रकारहरु नबिन पोखरेल, श्याम लुइटल ,बाचस्पति रेग्मी लगायत बेलायतका विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागीता रहेको थियो ।

एनआरएन यूकेले सहयोग गरेको च्यारिटी डिनर कार्यक्रममलाई सबैले प्रशंसा गरेका थिए । साथै सामाजिक कार्य गर्न थप उत्प्रेरण जगाउने कार्य गर्न सबैमा आग्रह पनि गरिएको थियो ।

आयोजकले यसअघि नै आफूहरुको निस्वार्थ सामाजिक कामका लागि चन्दा तथा प्रायोजन गरि सहयोग गरिदिन अपिल गरेका थिए ।

पत्रकार शिव भण्डारी तथा कलाकार सुस्मिता थापाले सञ्चालन गरेको कार्यक्रममा आस्था जोशी र अमृता गिरी गजुरेलले च्यारिटीमा उपस्थित सम्पूर्णलाइ स्वागत गरेका हुन् ।

मिसेस नेपाल यूके संस्थापक मनिषा डंगोल श्रेष्ठले सबैप्रति आभार व्यक्त गर्दै उक्त प्रतियोगिताको दोश्रो संस्करण छिट्टै शुरु गरिने जानकारी दिइन् । सल्लाहकार तथा च्यारिटी कार्यक्रम परिकल्पनाकार शिवजी श्रेष्ठ सहयोगदाता प्रति कृतज्ञ भए ।कार्यक्रममा गिता बस्नेत पाण्डे र प्रिमा भट्टराईले मस्तिष्क पक्षघात रोग र सहयोग प्रदान गर्न लागिएको संस्था अनि त्यहां आश्रित बालबालिकाको स्थितिबारे पावर पोइन्ट प्रिजेन्टेसन दिएका थिए । 

कार्यक्रममा अन्जु श्रेष्ठको मिठो संगीत’  गिता बस्नेत पाण्डे र अमृता गिरी गजुरेलले रुपै मोहनी नारान बोलको गीतमा प्रस्तुत नाचले धेरैको ध्यान आकृष्ट गरयो । आस्था जोशी, मन्जु शाह, प्रिमा भट्टराई, पुनम गुरुङ, दीपक थापा मैथानेले पनि नृत्य गरे। प्रत्यक्ष प्रशारण लन्डन नेपाल न्यूज डट कममा-