७ बैशाख २०८१, शुक्रबार
Follow Us

दिल्ली हिँडेको बस दुर्घटना हुँदा २५ जना घाइते

sarusaru
२९ फाल्गुन २०७४, मंगलवार ०८:४२

नयाँ दिल्ली । बुटवलदेखि नयाँ दिल्ली आउँदै गरेको लु. १ ख. ८७४२ नम्बरको बस मंगलबार उत्तर प्रदेश स्थित रामपुरमा दुर्घटना भएको छ ।

सुपा देउराली टुर एण्ड ट्रावल्सको बस बिहान छ बजेको समयमा दुर्घटना भएको हो । दुर्घटनामा परि २५ जना यात्रु घाईते भएका छन् । ४१ जना यात्रु लिएर सोमबार दिउँसो १ बजे बुटवलदेखि बस छुटेको थियो ।

जिल्ला चिकित्सालय रामपुरमा उपचाररत घाइतेहरुको उपचारका लागि ३ वटा एम्बुलेन्सको व्यवस्था गरि दिल्ली ट्रमा सेन्टरमा रिफर गराउने प्रक्रिया चालिएको छ । हाइवेको किनारामा ठोक्किएर बसको अघिल्लो भाग पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

बस दुर्घटना भएको जानकारी पाउनसाथ आफूहरु स्थलगत सर्वेको लागि दिल्लीदेखि रामपुर पुगेको प्रवासी नेपाली संघ भारत दिल्ली राज्य समिति सचिवालय सदस्य तथा समाजसेवी योराज अर्यालले जानकारी दिए
– डिसी नेपालबाट ।