१५ चैत्र २०८०, बिहीबार
Follow Us

राजपा सरकार जाँदैनः महतो

नेपालब्रिटेन संवाददाता
२९ फाल्गुन २०७४, मंगलवार १०:११

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डाक्टर शंशाङ्क कोइरालाले अब सबैको ध्यान समृद्ध मुलुक निर्माणमा हुनुपर्ने बताएका छन् । राष्ट्रपति पदको निर्वाचनस्थल संघिय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दे महामन्त्री कोईरालाले संबिधान कार्यान्वयनको अन्तिम चरणमा रहको भन्दै मुलुकको ध्यान अब समृद्ध नेपालका लागी हुनुपर्ने बताए ।
उनले वर्तमान राष्ट्रपतिको भूमिकाप्रति कांग्रेसले आपत्ती जनाएका कारण नै राष्ट्रपतिमा उम्मेद्वार उठाएको बताए । उपराष्ट्रपतिको उम्मेद्वारका बारेमा भने पार्टीभित्र छलफल हुने उनको भनाइ छ । त्यस्तै राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महत्तोले अहिले नै सरकारमा जान हतार नगर्ने बताए । उनले संबिधान संसोधनको मुद्दा सम्बोधन भए सरकारमा जाने जिकिर गरे । प्रदेश नंवर २ मा बाम गठबन्धनले आफुहरुलाई सघाएकाले राष्ट्रपति निर्वाचनमा आफुहरुले बाम गठबन्धनलाई समर्थन गरेको उनको भनाइ थियो ।