१४ बैशाख २०८१, शुक्रबार
Follow Us

अस्पताल पुगेर देउवाले भेटे विमान दुर्घटनाका घाईते

नेपालब्रिटेन संवाददाता
२९ फाल्गुन २०७४, मंगलवार १०:१८

काठमाडौं । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले युएस बंगला विमान दुर्घटनाका परी घाईत भएकाहरुलाई अस्पताल पुगेर भेट गरेका छन् । मंगलबार देउवाले सिनामंगल स्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पताल पुगेर घाईतहरुसाग भेट गरेका हुन ।

उनले घाईतहरुको स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कन्जुसाई नगर्न आफुले सरकारसँग माग गरिसकेको बताए । देउवाले दुर्घटनामा परेका घाईतहरुको निशुल्क उपचारका साथै आवश्यक क्षतिपुर्ति दिलाउन सरकासँग पहल गर्ने पनि बताए ।

उपचारमा कुनै कमि आउन नदिन र आवश्यक क्षतिपुर्तिको लागि सरकारसँग आजै पहल गर्ने पनि बताएका छन् । देउवाले दुर्घटना भए लगत्तै एक विज्ञप्ति जारी गर्दै घाईतेहरुको तत्काल उपचारको प्रवन्ध गर्न, उद्दार कार्यमा तदरुकता उपनाउन र विान दुर्घटनाको तत्काल छानविन समिति गठन गर्न आग्रह गर्नु भएको थियो ।