७ बैशाख २०८१, शुक्रबार
Follow Us

लन्डनमा रेन्ट फर सेक्स

नेपालब्रिटेन संवाददाता
२९ फाल्गुन २०७४, मंगलवार १४:२८

एली फ्लिन
खाना पकाइदिने, सरसफाइ गर्ने र हप्तामा एक–दुईपटक यौन सम्पर्क गर्न दिएपछि लन्डनमा बस्नका लागि छतको व्यवस्था हुन्छ । हो, यी सबै कुरापछि यौन सम्पर्कको माग गरिन्छ । लन्डनमा एक शुक्रबारको साँझ, १५ वर्षका एक व्यक्ति मेरा अगाडि बसेका थिए । भाडा तिर्नु नपर्ने सर्तमा उनले आफूसँग बेडरुम सेयर गर्ने प्रस्ताव राखे । तर उसले एउटा सर्त राख्यो, उसँग नियमित यौन सम्पर्क गर्नुपर्ने । लन्डनमा ‘रेन्ट फर सेक्स’ को -याकेट चलिरहेको छ, केही घरबेटीहरू घरभाडाको सट्टा यौन सम्पर्कको माग राख्छन् । बीबीसी–थ्रीको डकुमेन्ट्रीका लागि मैले यी कुरा खोज्नुपर्ने थियो, यो -याकेट कुन हिसाबले सञ्चालन भइरहेको छ, यो सिलसिलामा म नकाव लगाएर अपे्रसनमा निस्कें ।

जुन पुरुषका बारेमा अघि कुरा गरियो, उसँग २४ वर्षकी एउटा नर्सिङ अध्ययन गर्दै गरेकी विद्यार्थी थिइन् । उनीसँग बस्ने घर थिएन । उनी लन्डनको त्यो घरमा बस्थिन्, त्यहाँ अरु मानिसहरू पनि साथै बस्थे । तर उनले भनिन्, अरु मानिसले कुनै समस्या दिँदैनन् । उनीहरूलाई भन्नुपथ्र्यो, म घरबेटीको केटी साथी हुँ । उनको कुरा सुन्नेवित्तिकै म हच्किएँ, उनले मलाई कन्भिन्स गर्ने प्रयास गरिन् । ती पुरुषले भने, ‘अनलाइनमा कोठा अफर गर्ने धेरै व्यक्तिहरूमध्ये म राम्रो विकल्प हुँ । मलाई विश्वास गर्नुस् धेरै आनन्द आउँछ ।’

घरभाडाको सट्टा यौन सुख माग्ने यो सहरमा उनी एक्ला होइनन्, यस्तो वर्गीकृत विज्ञापनसमेत वेबसाइटमा प्रशस्त देख्न पाइन्छ । दर्जनौं यस्ता विज्ञानपनबाट स्पष्ट हुन्छ, जवानीको व्यवस्थापनका लागि घरको कोठा माग गरिन्छ । यस्तो विज्ञापनको दायरा बेलायतभरि नै फैलिएको छ । ब्राइटनदेखि लिएर एडिनबरासम्म ठूलादेखि साना सहरसम्म फैलिएको छ ।

मैले ती विज्ञापनप्रति चासो राख्न थालें । त्यसको केही क्षणमै एउटा जवाफ प्राप्त भयो, जवाफले यौन सम्पर्कका लागि संकेत गरेको थियो । एकजना जमिन्दारले मेरो शरीर र ब्राको साइज सोध्यो । त्यस्तै, अर्का एक व्यक्तिले भने, जबसम्म वयस्क व्यवस्थापनका लागि खुसीसाथ तयार हुँदैनन्, तबसम्म हामी ह्वाटसएपमा कुराकानी जारी राख्न सक्छौं ।

मैले केही घरबेटीसँग भेट्नका लागि समय लिएँ, जब मैले उनीहरूसँग भेटें, त्यसबेला छाँगाबाट खसेजस्तो भएँ । उनीहरू बेग्लाबेग्लै उमेरका थिए र उनीहरूको पृष्ठभूमि पनि अलग किसिमको थियो । एकजना व्यक्ति मात्र २४ वर्षका थिए, अर्का एक व्यक्तिले मलाई आफ्नो छोरीका लागि कोठा दिन आग्रह गरे । उनकी छोरी विश्वविद्यालयमा अध्ययन गरिरहेकी थिइन् ।

तेस्रो व्यक्तिले भने उसको बगैंचामा रहेको सानो कोठामा बस्न दिने सर्त राख्यो, त्यसको सट्टा उसले मसँग यौन सम्पर्क गर्न पाउनुपर्छ । मैले जेजति जमिन्दारसँग भेटें, ती प्रायः सबै एक्ला थिए । तर लन्डनका एक व्यक्तिले उसको घरमा अरु पनि बस्छन् र मैले उसको केटी साथी भन्नुपर्ने सर्त राख्यो ।
स्कटल्यान्डमा मैले जुन केटालाई भेटें, उसको उमेर २४ वर्षको मात्र थियो । ऊ प्रत्येक दुई दिनमा यौन सम्पर्क वा वयस्क जवानी पोख्न चाहन्थ्यो । तर यौनको कामुकतासँग उसको खासै सरोकार हुँदैन थियो । उसले भन्यो, ‘म यसलाई व्यापारिक लेनदेनका रूपमा हेर्न चाहन्छु ।’ म ती व्यक्तिहरूका अगाडि एक लाचार युवतीका रूपमा प्रस्तुत भइरहेको थिएँ, जोसँग पैसा थिएन र बस्नका लागि बास ठेगानमा हुँदैन ।

जसका अभावमा म नतमस्तक बनेकी थिएँ, जसका अगाडि घरबेटीले बिना हिच्किचाहट बस्न मलाई कोठा दिउन् र आफूसँग सुत्नका लागि प्रस्ताव राखून् । यस्ता कुराले मलाई कुनै अप्ठ्यारो आइलाग्छ भन्ने कुराको उनलाई कुनै प्रवाह थिएन । यी युवती गलत काम गरिरहेकी छन् भन्ने महसुस जमिन्दारले समेत शंका नगरुन् भन्ने थियो । ‘रेन्ट फर सेक्स’ वर्गीकृत विज्ञापन अवैध हो भन्ने कुरासमेत उनीहरूलाई थाहा थिएन ।

कुनै घरमा कोठामा बस्न दिएपछि यौन सम्पर्कका लागि माग्नु वेश्यावृत्तिलाई प्रोत्साहन दिनु हो । इंग्ल्यान्ड र वेल्समा यसका लागि सात वर्षको जेल सजायको प्रावधान छ । घरबेटीसँग भेटेपछि मैले बीबीसी थ्रीका लागि अनुसन्धानका लागि यी कुरा खोज्दै हिँडेको हुँ भन्दा दुई व्यक्तिले मात्र जवाफ दिन माने । एकजनाले जवाफ दिए, यौन सम्पर्कका लागि खुसीले सहमति दिन चाहिन् भने त्यो उसको कुनै गल्ती होइन । अर्का व्यक्तिको जवाफ काउच सर्फिङ (घरमा सँगै बस्न) का लागि भनेका थिए । उनी मलाई उसको बैठक कोठामा निःशुल्क सोफामा बस्न दिनेवाला थिए ।

तर वास्तविकता के हो भने जो व्यक्तिसँग बस्नका लागि छतसमेत छैन उनीहरू विज्ञापनको जालमा फसिरहेका रहेछन् । मैले एउटी महिला भेटें, जसले ‘रेन्ट फर सेक्स’ को सहारा लिइरहेकी थिइन् । उनी मात्र २० वर्षकी थिइन् । जमिन्दारको एउटै ओछ्यानमा सुत्नुपर्ने र उसँग कसरी डिल गर्ने भन्नेबारेमा कुनै अनुभव उनीसँग त्यसअघि कहिल्यै थिएन ।

उनले जमिन्दारसँग भनिन्, उसँग सुत्न नचाहँदा पनि उसले पटक पटक आफूलाई छुन खोजेको सुनाइन् । ती युवतीले भनिन्, ‘घरबेटीले मसँग जबर्जस्ती कहिल्यै गरेनन्, त्यसैले म ऊप्रति कृतज्ञ छु । त्यो घरबेटीलाई भेट्नुअघि उनी बेघर थिइन्, दोस्रोपटक पनि बेघर हुने डरले लामो समयसम्म त्यही घरबेटीसँग बसिन् ।

उनको घरबेटीलाई यसबारेमा सोधियो । उनले भने, ‘मलाई लाग्छ उनी मसँग बसेकी थिइन्, यसको अर्थ मसँग उनी बेखुसी थिइन् भन्ने होइन । मैले उनीसँग यौन सम्पर्क राखेको छैन र सम्पर्कका लागि अनुरोध पनि गरेको छैन ।’

मैले त्यस्ता ठूलो घरबेटी पनि भेटें, जो रेन्ट फर सेक्सका अफर गरिरहेका थिए । ती घरबेटी न्युक्यासलको एउटा फ्ल्याटमा एक्लै बस्थे । जुन क्याफेमा हामीले भेट ग¥यौं, उनी हडबडाउँदै बाहिर निस्के । अन्ततः उनी मसँग कुरा गर्न तयार भए । उनका अनुसार उनी केवल साथी खोजिरहेका छन्, जुन यौन सम्पर्कका लागि मात्र होइन । उनले भने, ‘म गल्ती गर्दै रहेछु भन्ने कुरा मलाई थाहा भएन ।’ एक महिला उनीसँग बस्थिन्, जो बिचल्लीमा पर्ने डरले उनीसँग यौन सम्पर्क राख्थिन् ।
– बिबिसीबाट