२६ बैशाख २०८१, बुधबार
Follow Us

लिभरपुलमा स्वास्थ शिविर सम्पन्न

नेपालब्रिटेन डट कम्
२९ फाल्गुन २०७४, मंगलवार २३:५४

लन्डन ।लिभरपुल नेपाली समाज र हेल्थ एक्सचेञ्ज नेपालले २५ फ्रेबुअरीमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्यो । हेल्थ एक्सचेन्ज नेपालसंग आबद्द विशेषज्ञ डाक्टरहरुको स्वयं सेवाद्धारा सञ्चालन भएको उक्त शिविरमा सबै उमेर समूहका नेपाली समुदायको उत्साहजनक उपस्थिति थियो ।

शिविरमा ब्लड प्रेसर, कोलेस्ट्रोल र ब्लड सुगर जचाउने सुविधा सहित उचाई र तौलको मापन गरी आवश्यक सल्लाह प्रदान गरिएको थियो । मानसिक रोग, मधुमेह र दाँत तथा मुखका लागि सम्बन्धित विशेषज्ञ डाक्टरहरु क्रमश: डा. सुनान्दिनी सेठुरमण , प्रोफेसर सत्यान राजभण्डारी र डा. बिजय राजलवटले जानाकारी मुलक प्रवचन दिएका थिए। एनएचएस ( बेलायती स्वास्थ सुविधा ) के कति उपलब्ध छ र कसरी लिने लगायतका अन्य स्वास्थ्य सम्वन्धी विषयमा जानाकारी डा. मनोहर बुढाथोकीले गराएका थिए। बच्चाहरुलाई शिक्षाप्रद मनोरञ्जनको ब्यवस्था गरेको थियो । कार्यक्रमको अन्त्यमा समाजका अध्यक्ष डा शंभु आचार्यले सबै सहभागीलाई धन्यबाद दिए। स्वास्थ शिविर निकै उपलब्धि मुलक भएको र आउँदा दिनमा पनि सञ्चालन हुनु पर्ने धारणा सहभागीहरूको थियो ।