१२ बैशाख २०८१, बुधबार
Follow Us

संसारकै चर्चित वैज्ञानिक स्टिफन हकिङ्सको निधन

नेपालब्रिटेन संवाददाता
३० फाल्गुन २०७४, बुधबार ०४:४३

लन्डन । संसारकै चर्चित भौतिक शास्त्री स्टिफन हकिङ्सको ७६ वर्षको उमेरमा निधन भएको छ । उनी यस्तो रोगबाट पीडित थिए, जो हिड्डुल गर्न मात्र होइन, शरीरका केही भाग चल्दैन थियो । यो रोगलाई मोटर न्यूरोन भनिन्छ । त्यत्ति हुँदा पनि उनले हार मानेन, विज्ञानको क्षेत्रमा नयाँ खोजी जारी राखे ।

हकिङ्सले ब्लाक होल, बिग बैंङ्क थ्योरी र सापेक्षवाद सिद्धान्तको व्याख्यामा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । उनले १२ विषयमा डिग्री लिएका थिए । उनलाई अमेरिकामा सबैभन्दा उच्च नागरिकको दर्जा दिइएको थियो । युनिभसिंटी अफ केम्ब्रिजमा गणित र सैद्धान्तिक भौतिकका प्राध्यापक रहिसकेका हकिङ्स आइस्टाइनपछि सबैभन्दा चर्चित भौतिक शास्त्री हुन् ।
स्टिफन हकिङ्सको जन्म इग्ल्याण्डमा ८ जनवरीमा १९४२ मा भएको थियो । सधैं व्हील चियरमा बस्नुपर्ने बाध्यता भए पनि हकिङ्स आम मानिसभन्दा खासै फरक देखिँदैन थिए ।

विश्वप्रसिद्ध महान वैज्ञानिक र अत्याधिक बिक्री हुने पुस्तक अ ब्रिफ हिस्ट्री अफ टाइमका लेखक स्टिफन हकिङ्सको शारीरिक अक्षमतालाई पछाडि धकेल्दै यदि इच्छाशक्ति भयो भने मानिसले जुनसुकै काम गर्न सक्छ भनेर प्रमाणित गरिदिए ।

आफ्नो खोजका बारेमा हकिङ्सले आफूलार्ई संसारले ब्रह्माण्डको अध्ययन गर्दा मेरो भूमिकालाई सम्झदा सबैभन्दा बढी खुशी लाग्ने बताएका थिए । यसको रहस्या पत्ता लगाउँदा आफूले गरेको शोधले योगदान दियो । मलाई गर्व छ, मानिसको भीडले मेरो काम जान्न खोज्छ ।’