१२ बैशाख २०८१, बुधबार
Follow Us

चोलेन्द्रशमशेर बाहेक सबै न्यायाधीशको इजलास तोकियो

नेपालब्रिटेन संवाददाता
३० फाल्गुन २०७४, बुधबार ०६:१५

काठमाडौं । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको वैधतामाथि प्रश्न उठाउँदै इजलास बहिस्कार गरेका न्यायाधीशहरुलाई आज पनि मुद्दाको सुनुवाइका लागि इजलास तोकिएको छ । पराजुलीले आफूसँग असहमत रहेका चोलेन्द्रशशेर जबरालाई भने इजलास तोक्नु भएको छैन ।

चोलेन्द्रशमशेरले लिखित वक्तव्यमार्फत पराजुलीको पदावधि गत साउनमै सकिएको भन्दै वृहद पूर्ण इजलास बहिस्कार गर्नु भएको थियो । उहाँलाई हिजो इजलास तोकिएको थिएन । हिजो दिपकराज जोशी, विश्वम्भरप्रसाद श्रेष्ठ, हरिकृष्ण कार्की, सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा, ईश्वर खतिवडा, प्रकाशमान सिंह राउत र आनन्दमोहन भट्टराईले पनि इजलास बहिस्कार गर्नुभएको थियो ।

आज पनि पराजुलीले कार्की र खतिवडालाई ८ नम्बर इजलास तोक्नु भएको छ । त्यस्तै, भट्टराई र मल्ललाई ९ नम्बर इजलास तोकिएको छ भने जोशी र श्रेष्ठलाई १ नम्बर इजलास तोकिएको छ । त्यस्तै सिन्हा र राउतलाई १० नम्बर इजलास तोकिएको छ । पराजुलीले आफ्नो एकल इजलास समेत तोक्नु भएको छ ।