१३ बैशाख २०८१, बिहीबार
Follow Us

कांग्रेसमा आन्तरिक लोकतन्त्र कमजोर : नेता सिंह

नेपालब्रिटेन संवाददाता
३० फाल्गुन २०७४, बुधबार १४:२५

दमक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीमा आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको बताउनुभएको छ । नेपाली कांग्रेस दमक नगर समितिले आज आयोजनामा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता सिंहले कांग्रेस संस्थागतरुपमा चल्न नसक्दा पार्टी कमजोर बन्दै गएको औंल्याउनुभयो ।

“अहिले पार्टीमा व्यक्तिवादी चिन्तन हावी भएको छ, कुनै एक व्यक्तिको भजन गाउने भन्दा पनि पार्टीलाई संस्थागतरुपमा चलाउनु पर्ने खाँचो अहिले छ ।”उहाँले भन्नुभयो । ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्न पनि पार्टीभित्र गाह्रो हँुदै गएको उहाँले टिप्पणी थियो ।

महाधिवेशन भएको दुई महिनामा गठन गरिसक्नुपर्ने विभिन्न उप समितिसमेत दुई वर्ष बित्दा पनि गठन नभएको तथा पार्टीको केन्द्रीय समितिले समेत पूर्णता नपाएको भन्दै पार्टीका पूर्व महामन्त्री सिंहले अब पार्टीलाई नयाँ ढंगबाट अघि बढाउन नसके पार्टीनै मासिन सक्ने अवस्था आउने धारणा राख्नुभयो । कार्यक्रममा कांग्रेस क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले कार्यकर्तालाई ऊर्जा दिन केन्द्रीय नेतृत्वले नयाँ कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।