१५ चैत्र २०८०, बिहीबार
Follow Us

इटालीको भूकम्पमा दशको मृत्यु कैयौँ व्यक्ति बेपत्ता

नेपालब्रिटेन डट कम्
८ भाद्र २०७३, बुधबार १३:२०

अमात्रिस । इटालीमा बुधबार बिहान गएको शक्तिशाली भूकम्पमा परी ज्यान जानेको संख्या १० पुगेको समाचारमा जनाइएको छ । सो भूकम्पका कारण सयौं घर ध्वस्त भएका बताइएको छ । त के कतिमात्रामा क्षति पुगेको छ भन्ने बारेमा भने अझैपनि यकिन तथ्यांक आउन सकिरहेको छैन ।
एकबिहानै ६.२ रिक्टरको भूकम्प गएको र यहाँ भागाभाग भएको बताइएको छ । उद्वारको कार्य जारी नै रहेकोले क्षतिको पूर्ण विवरण आइ नै रहेको अधिकारीहरुले जनाएका छन् । इटालीका दुर्गम गाउहरु उम्रिया, मार्के र लाजियोमा यस भूकम्पले बढी क्षति पु-याएको बताइएको छ ।

भूकम्पको केन्द्रबिन्दू पनि सोही गाउमा नै रहेको बताइएको छ । जसका कारण सो क्षेत्रमा ठूलो जनधनको क्षतिको अनुमान गरिएको छ ।

इटालीमा सन् २००९ पछिको यो सबैभन्दा शक्तिशाली भूकम्प हो । सन् २००९ मा यहाँ गएको भूकम्पमा परी कम्तीमा पनि ३०० जनाको ज्यान गएको थियो ।

यस पटकको भूकम्पको केन्द्रबिन्दु पनि सोही गाउँमा नै परेको छ । सोही क्षेत्रमा केन्द्रबिन्दु भएर आएकोले बुधबार बिहानको भूकम्पबाट पनि सो गाउभरि नै त्रास फैलिएको छ ।

यसको उद्वारका लागि ठूलो संख्याका सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ । उक्त शक्तशाली भूकम्पपछिका पराकम्पहरुका कारण जनजिवन त्रसित भएको बताइएको छ ।