११ बैशाख २०८१, मंगलवार
Follow Us

अष्ट्रियाको राजधानी भियन्नामा नारि दिवस

नेपालब्रिटेन डट कम्
३० फाल्गुन २०७४, बुधबार १९:३३

लन्डन । शनिवार अष्ट्रियाको राजधानी भियन्नामा एनआरएन महिला फोरम को आयोजनामा नेपाली समुदाय बीच अष्ट्रियामा नै पहिलोपल्ट १०८ औँ अन्तर्राष्ट्रिय महिला दिवस बृहत रुपमा मनाइयो। एनआरएनए अष्ट्रियाकी महिला संयोजक श्रीमती भवानी तिवारीको सभापतित्वमा आयोजित कार्यक्रमको प्रमुख आतिथि नेपाली राजदूत महामहिम प्रकाश कुमार सुवेदीज्यू रहनुभएको थियो भने एनआरएनए अष्ट्रियाका अध्यक्ष जीवन जंग कुँवर विशेष अतिथि र एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद सदस्य शिव सापकोटा , निवर्तमान अध्यक्ष धर्म राज खतिवडा , संस्थापक अध्यक्ष श्रीमती शुभ राणा , महामहिम धर्मपत्नी शुसान सुवेदी , आना का अध्यक्ष हरि राणा , नेसास अध्यक्ष श्री डभिन लामा , उपाध्यक्ष श्रीमती मन्जु खड्का , आदिवासी जनजाति महासंघ अष्ट्रियाकी उपाध्यक्ष श्रीमती अनिता भुजेल , फेयर प्ले टिम १२ प्रतिनिधि निकोल यान्स , स्पोर्ट क्लव अध्यक्ष मानफ्रेड आनरेइत्तर , एनसीसी अष्ट्रिया मानार्थ सदस्य शुश्री निलम सिन्चुरी , क्षेत्रीय समन्वय परिषद साल्जबर्गको प्रतिनिधि बन्टी कँडेल र सुनायना बिष्ट अतिथिको रुपमा हुनुहुन्थ्यो ।

सभापति, प्रमुख अतिथि र विशेष अतिथिले संयुक्त रुपमा पानसमा दियो वालेर विधिवत रुपमा उद्घाटन गरिएको कार्यक्रमको संचालन श्रीमती प्राश्ना निरौलाले गर्नु भएको थियो। भव्यरुपमा नेपाली महिलाहरुको उपस्थिति रहेको कार्यक्रममा एनआरएनए अष्ट्रियाकी संस्थापक अध्यक्ष श्रीमती शुभ राना लगायत अन्य संघ संस्थाका प्रतिनिधि महिलाहरुले महिला जागरणका विषयमा बोल्नुभएको थियो। एनआरएनए एनसीसी अष्ट्रियाको तर्फबाट महिला उपाध्यक्ष श्रीमती निरा लामिछानेले स्वागत मन्तव्य तथा सचिव श्रीमती निता शर्माले उपस्थित समुदायलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो।

कार्य ब्यस्तताका बावजुत अष्ट्रियाभरिबाट आई महिला फोरम अष्ट्रियाको पहिलो प्रयास सफल पारिदिनुहुने सम्पुर्ण महानुभावहरुलाई गैर आवासीय नेपाली संघ अष्ट्रिया परिवारको तर्फबाट कार्यक्रमको सभापति श्रीमती भवानी तिवारीले धन्यवाद दिंदै एनआरएनए महिला फोरमको आवश्यकता र महत्व धेरै भएको बताउँदै औपचारिक कार्यक्रमको बिषर्जन गर्नु भएको थियो।

अष्ट्रियामा बसोबास गर्ने नेपाली महिलाहरुको तर्फबाट प्रस्तुत आकर्षक नेपाली गीत ,नृत्य, कविता वाचन, आदि यस कार्यक्रमका प्रमुख आकर्षण थिए। संस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने सबै कलाकारहरुलाइ प्रमुख अतिथि र सभापतिको हातबाट प्रमाणपत्र वितरण गरिएको थियो। करिव ३ घण्टाको उक्त कार्यक्रममा नेपाली परिकारको खाना पनि व्यवस्था गरिएको थियो ।