७ बैशाख २०८१, शुक्रबार
Follow Us

सर्वोच्च न्यायालयमा भाँडभैलो

नेपालब्रिटेन संवाददाता
१ चैत्र २०७४, बिहीबार ०४:०९

काठमाडौं । न्याय परिषद सचिवालयले प्रधानन्यायाधीश गोपाल पराजुली पदमा नरहेको चिठी लेखेपछि न्यालयमा अन्योल बढेको छ । सर्वोच्चका न्यायाधीशहरुले लगातार बेञ्च बहिस्कार गरेपछि नैतिक संकटमा पर्नु भएका प्रधानन्यायाधीश पराजुलीको उमेर गएको साउन २१ मै पूरा भएको भन्दै न्याय परिषद सचिवले चिठी लेखेर पदमा नरहेको भन्नु भएको हो ।

यो सँगै सर्वोच्चमा भाँडभैलो सुरु भएको छ । प्रधानन्यायाधीश पराजुलीले आफु नियमित काममा फर्किने बताउनु भएको छ भने वरिष्ठतम न्यायाधीश दिपकराज जोशीले अब आफुले पेशी तोक्ने बताउनु भएको छ । कानुनविदहरुले भने सचिवको पत्र न्यायलयमाथिको ‘कू’ भनेका छन् ।

प्रधानन्यायाधीश गोपाल पराजुलीको अर्को जन्ममिति भेटिएको छ । जस अनुसार उहाँ अहिले ६३ वर्षको मात्रै हुनु भएको छ । परीक्षा नियन्त्रण कार्यालय भक्तपुरमा रहेको रेकर्डमा पराजुलीको जन्म २०११ वैशाख १३ गते रहेको भेटिएको हो ।
न्यायपरिषद्ले पराजुलीको उमेर यकिन गर्न पत्र पठाएपछि पनिकाले हिजो त्यसको जवाफ दिएको छ ।

पनिकाले न्यायपरिषद्लाई पठाएको चिठी अनुसार प्रन्या पराजुली ६३ वर्ष १० महिना १७ दिनका हुनु भएको छ । संवैधानिक व्यवस्था अनुसार प्रधानन्याधीशको उमेर हद ६५ वर्ष तोकिएको छ ।