१५ चैत्र २०८०, बिहीबार
Follow Us

आजबाट २० वर्ष पुराना सार्वजनिक सवारी साधन चलाउन रोक

नेपालब्रिटेन संवाददाता
१ चैत्र २०७४, बिहीबार ०४:१२

काठमाडौं । यातायात व्यवस्था विभागले आजबाट २० वर्ष पूराना सार्वजनिक सवारी साधन चल्न नदिने भएको छ । विभागले अभियानकै रुपमा यो नियम लागू गर्दै छ । यो नियम लगाइसकेपछि पनि पूराना सार्वजनिक सवारी साधन बाटोमा गुडेको देखे नियन्त्रणमा लिएर कबाडीमा विक्रि गर्ने विभागका सूचना अधिकारी तुलसीराम अर्यालले बताउनु भएको छ ।
विभागले सवारीधनीलाई फागुन मसान्तसम्म २० वर्ष पुराना सार्वजनिक सवारीको ‘इञ्जिन नम्बर’ र ‘चेसीस नम्बर’ विभागमा बुझाउन भनेको थियो । २०७२ चैत १ गतेको मन्त्रिपरिषद बैठकले २० वर्ष पूराना सार्वजनिक सवारी साधन हटाउने निर्णय गरेको हो ।
तर, यातायात व्यवसायीले गाडि गुडाउन नछोड्ने बताएका छन् । हिजो नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको केन्द्रीय कार्यसमितिको बैठकले सरकाले निर्णयमा पुनःविचार गर्नु पर्ने भनेको छ । महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्मचार्यले यो निर्णयमा पुःनविचार गर्नु पर्ने बताउनु भएको छ ।
सरकारले देशभर गुड्ने २० वर्ष पुराना सवारी साधनका कारण वायु प्रदूषण र सवारी दुर्घटनामा समेत बढ्न थालेपछि चैतदेखि हटाउने निर्णय गरेको हो । विभागले सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ संशोधन गरी चैतदेखि देशभरबाट २० वर्ष पुराना सार्वजनिक सवारी साधन हटाउन लागेको छ ।