१४ बैशाख २०८१, शुक्रबार
Follow Us

गोली चलेपछि गणेश लामा पक्राउ

नेपालब्रिटेन संवाददाता
१ चैत्र २०७४, बिहीबार ०४:१४

काठमाडौं । राजधानीको गौशालामा रहेको पशुपति भिजनमा होटल गोली चलेपछि गणेश लामा पक्राउ परेका छन् । गोली चलेपछि होटलमा पुगेको महानगरीय प्रहरी वृत गौशालाको टोलीले लामालाई पक्राउ गरेको हो । लामालाई एक थान पेस्तोल र त्यसमा लाग्ने ६ राउण्ड गोलीसहित प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमु्ख एसएसपी विश्वराज पोखरेलले लामालाई हतियारसहित पक्राउ गरिएको पुष्टि गरे । पशुपति भिजन होटलमा गोली चले पनि कोही घाइते भने भएका छैनन् ।
पक्राउ परेका लामाले प्रहरीसँगको बयानका क्रममा होटलमा पसेका दुई युवाले आफूलाई दुई गोली हानेर फरार भएको जनाएका छन् ।
होटलमा गोली चलेपछि काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलसहितको टोली पुगेको थियो। पोखरेलले कसैलाई गोली नलागेको जनाउँदै लामालाई पक्राउ गरेर अनुसन्धान थालिएको बताए ।
यसअघि विजयकुमार गच्छदारको फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य रहेका लामा गच्छदारसँगै कांग्रेसमा फर्केका थिए । उनी गच्छदार कांग्रेसमा फर्किँदा तत्कालीन प्रधानमन्न्त्री शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा बालुवाटार पसेका थिए ।
गच्छदारसँगै बालुवाटार छिरेका लामा अहिले कांग्रेसमा सक्रिय छन् । लामा गत प्रदेश–प्रतिनिधि सभाको निर्वाचनमा काभ्रे क्षेत्र नं. १ ‘ख’ बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसबाट उठेका थिए । तर उनी नेकपा एमालेका उम्मेदवार चन्द्र लामासँग पराजित हुन बाध्य भएका थिए ।
विभिन्न निर्माण काममा पनि हात हालेका लामाविरुद्ध अपरहण, फिरौती र ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा प्रहरीले मुद्दा चलाएको थियो । उनीविरूद्ध सम्पत्ती शुद्धिकरण मुद्दा पनि चलाइएको थियो ।