४ बैशाख २०८१, मंगलवार
Follow Us

नेपाललाई ११५ रनको लक्ष्य

नेपालब्रिटेन संवाददाता
१ चैत्र २०७४, बिहीबार ०९:४०

काठमाडौं । जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत एकदिवसीय मान्यताका लागि निर्णायक खेलमा नेपालले पपुवा न्यूगिनीबाट ११५ रनको लक्ष्य पाएको छ । २७ ओभर २ बल खेल्दा पपुवा न्युगिनीले सबै विकेट गुमाएर ११४ रन मात्र बनाउन सक्यो । न्युगिनीलाई सस्तैमा समेट्न सन्दिप लामिछाने र दिपेन्द्रसिंह ऐरले समान ४–४ विकेट लिए । नेपालका लागि करण केसी र सोमपाल कामीले १–१ विकेट लिए ।

टस जितेर पहिले फिल्डिङ गरेको नेपालले पपुवा न्यूगिनीका लागि जेसोन किलाले सर्वाधिक १५ रन जोडेका थिए । तेस्रो विकेटको रुपमा सेसे वाउलाई ११ रनमा आउट गरेका सन्दीपले चौथो विकेटको रुपमा चाद सोपरलाई १० रन र पाँचौ विकेटको रुपमा माहुरु दाइलाई ५ रनमामा पबेलियनको बाटो देखाए । छेटौं विकेटको रुपमा उनले किप्लिङ डोरीगालाई १० रनमा आउट गराए । पुच्छरका ४ वटा विकेट ऐर एक्लैले लिए ।