१३ बैशाख २०८१, बिहीबार
Follow Us

सार्क उद्यमी सम्मेलन आजदेखि काठमाडौंमा

नेपालब्रिटेन संवाददाता
२ चैत्र २०७४, शुक्रबार ०४:४५

काठमाडौं । दक्षिण एसियाका व्यवसायीहरूको वृहत् सम्मेलन ‘सार्क बिजनेस लिडर्स कनक्लेभ’ आजदेखि काठमाडौंमा सुरु हुँदैछ । नेपालमा वैदेशिक लगानी बढाउन तथा क्षेत्रीय लगानी र व्यापार साझेदारी बढाउन सार्क चेम्बर अफ कमर्सले यो सम्मेलन आयोजना गरेको हो । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।
सम्मेनलमा यस क्षेत्रका उद्यमी व्यवसायी, राजनीतिक र प्रशासनिक नेतृत्व तथा विज्ञहरूसहित २ सयभन्दा बढी अतिथिले सहभागिता जनाउने छन् । तीन दिनसम्म चल्ने कनक्लेभको यो छैटौं संस्करण हो । सम्मेलनको पहिलो दिन आज उद्घाटनसत्रमात्र हुने तथा भोलि र पर्सि विभिन्न विषयमा छलफल हुने छन् ।