१४ बैशाख २०८१, शुक्रबार
Follow Us

उपसभामुखमा तुम्बाहाम्फे र भूषाल भिडदै

नेपालब्रिटेन संवाददाता
२ चैत्र २०७४, शुक्रबार ०४:४८

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखका लागि आज निर्वाचन हुँदैछ । उपसभामुखमा नेपाली काँग्रेसले पनि उम्मेदवारी दिएको छ । काँग्रेसले उम्मेदवारी नदिएपछि सभामुखमा भने माओवादी सांसद कृष्णबहादुर महरा निर्विरोध चयन हुनु भएको थियो ।

वाम गठबन्धनबाट उपसभामुखमा शिवमाया तुम्बाहाम्फेले उम्मेदवारी दिनु भएको छ । वाम गठबन्धनसँग दुईतिहाई मत रहेकाले लुम्बाहाम्फे उपसभामुख बन्ने पक्का छ । तुम्बाहाम्फेले सरकारमा सहभागिताका लागि छलफल गरिरहेका संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी राजपा नेपालको पनि समर्थन पाउनु हुनेछ ।

तेह्रथुममा जम्मिनु भएकी तुम्बाहाम्फेको अहिलेको ठेगाना भने मोरङ हो । यस्तै, भूषाल २०१५ सालमा वीपी कोइराला नेतृत्वको मन्त्रीपरिषदमा स्वास्थ्य तथा स्थानीय स्वायत्तमन्त्री बन्नु भएका काशीनाथ गौतमकी छोरी हुनुहुन्छ । उहाँ बाल्यकालमा परिवार साथ १३ वर्ष भारत निर्वासनमा रहनु भएको थियो ।

यस्तै, राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन आउने सोमबार हुँदै छ । वाम गठबन्धनबाट गणेशप्रसाद तिमिल्सना राष्ट्रिय सभा अध्यक्ष चुनिइसक्नु भएको छ । एमाले र माओवादीबीचको सहमति अनुसार अध्यक्ष एमालेले पाएकामा उपाध्यक्ष माओवादीले पाउने छ । संवैधानिक व्यवस्था अनुरुप अध्यक्ष पुरुष भएकाले उपाध्यक्ष महिला हुनु पर्नेछ । उपाध्यक्षमा माओवादीबाट शशीकला दाहाल र विना पोखरेलको नाम चर्चामा छ ।