८ बैशाख २०८१, शनिबार
Follow Us

को–को बन्दैछन् मन्त्री ? ४ बजे सपथ

नेपालब्रिटेन संवाददाता
२ चैत्र २०७४, शुक्रबार ०६:३३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नु भएको छ । यो मन्त्रिपरिष विस्तारमा संघीय समाजवादी फोरम पनि सहभागी हुने बताइएको छ । राष्ट्रिय जनता पार्टीलाई पनि सरकारमा ल्याउने एमाले प्रयास छ । तर, सरकारमा जानबारे राजपामा आन्तरिक विवाद त छँदैछ, माओवादी नेताहरुले पनि फोरमलाई मात्र सरकारमा ल्याउन प्रधानमन्त्री ओलीलाई दबाव दिइरहेका छन् ।

एमालेले मन्त्रीहरुको नाम टुंगो लगाएको छैन । सचिवद्धय प्रदीप ज्ञवाली, योगेश भट्टराईका साथै भानुभक्त ढकाल, रविन्द्र अधिकारी, छबिलाल विश्वकर्माको सम्भावना छ । यस्तै रघुवीर महासेठ, हृदयेश त्रिपाठी, प्रेम आले, शेरवहादुर तामाङ, बसन्त नेम्वाङ, गोकुल बास्कोटा, यज्ञराज सुनुवार लगायत पनि दावेदार हुन् ।

तर, व्यक्तिको बारेमा अहिलेसम्म छलफल नभएको ओली निकट एक नेताले बताए । व्यक्तिगत रुपमा वरिष्ठ नेता माधवकुमार नेपालले केही नाम दिएका छन् । एमाले स्थायी कमिटी बैठकले मन्त्री छान्ने जिम्मा अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई नै दिएको छ । एमालेबाट यसअघि चारजना मन्त्री भइसकेका छन् । १७ मन्त्रालय हुँदा एमालेले १० र माओवादी केन्द्रले ७ मन्त्रालय पाउने सहमति भएको थियो ।

तर संघीय समाजवादी फोरम र राजपा थपिदा कम्तिमा चार मन्त्रालय उनीहरुले पाउनेछन् । यसैबीच, माओवादीबाट रामबहादुर थापा बादल गृहमन्त्री र मातृका यादव उद्योगमन्त्री भइसकेका छन् । यो मन्त्रिपरिषद विस्तारमा वर्षमान पुन, शक्ति बस्नेत, गिरिराजमणि पोखरेल र विना मगर पक्कापक्की जस्तै रहेको माओवादीका एक नेताले जानकारी दिए । विना प्रचण्डकी बुहारी समेत हुन् । जनार्दन शर्मा पनि मन्त्रीका दावेदार हुन् । माओवादीले मन्त्री छान्ने जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिएको छ ।दलहरूले मन्त्री छाने ४ बजे सपथ गराउने तयारी छ ।