१४ बैशाख २०८१, शुक्रबार
Follow Us

‘शत्रु गते’ बेलायतमा प्रदर्शन हुने

नेपालब्रिटेन डट कम्
२ चैत्र २०७४, शुक्रबार १९:२१

लण्डन । बहुप्रतिक्षित नेपाली चलचित्र ‘शत्रु गते’ बेलायतका दर्शकमाझ पनि प्रदर्शन हुने भएको छ । प्रदर्शन अगावै ठूलो चर्चा बटुल्ट सफल महजोडी निर्मित यो चलचित्र आउंदो अप्रिल महिनाको अन्तिम साताबाट बेलायतका विभिन्न ठाउंमा प्रदर्शन गरिने भएको छ ।

यहि मार्च २३ तारिखदेखि नेपालमा प्रदर्शन हुन लागेको शत्रु गतेलाई बेलायतमा भने यहांस्थित नेप्लिज इनटरटेन्मेन्ट यूकेले ल्याउन लागेको हो ।

बेलायतमा चलचित्रको पहिलो शो आउंदो अप्रिल २९ तारिखका सांझ अल्डरसटको प्रिन्सेस हलमा गरिदैछ । त्यसलगत्तै बेलमायतका विभिन्न क्षेत्रमा पुगेर स्थानीय नेपालीहरुमाझ चलचित्र प्रदर्शन गर्ने योजना रहेको नेप्लिज इन्टरटेन्मेन्ट यूकेका अनिल मल्ले जानकारी दिए ।

प्रिन्सेस हलको पहिलो शो सांझ साढे ५ बजेबाट सुरु हुने आयोजकले बताएका छन् । चलचित्र हेर्न बाल्कोनी टिकट २० पाउण्ड र साधारण टिकट १५ पाउण्ड तोकिएको छ ।

५ सय भन्दा बढि दर्शक क्षमताको प्रिन्सेस हलमा हुने यो शोका लागि आधाभन्दा बढि टिकट बिक्री भइसकेको आयोजकले बताएका छन् ।

महाजोडीले ११ वर्षको अन्तरालमा पहिलोपटक फेरि आफै चलचित्र निर्माण गरेका हुन् । उनीहरुले निर्माण गरेको पछिललो चलचित्र ‘जे भो राम्रै भो’ हो ।

प्रदिप भट्टराईले निर्देशन गरेको चलचित्र शत्रु गतेमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दिपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आंचल शर्मा, शिवहरि पौडेल, किरण केसी लगायतका कलाकारले अभिनय गरेका छन् ।

शत्रु गते एक कमेडी पारिवारिक चलचित्र हो ।

हेरौं चलचित्रको चर्चा कमाउन सफल गीत ‘रुपै मोहनी…’