१५ बैशाख २०८१, शनिबार
Follow Us

रुम्जाटार सोसाइटी यूकेको च्यारिटीमा भाग लिन दर्जन कलाकार लन्डनमा

नेपालब्रिटेन डट कम्
२ चैत्र २०७४, शुक्रबार २०:४९

लन्डन । रुम्जाटारमा बुद्ध गुम्बा निर्माणका लागि सहयोग जुटाउन अल्डरसटमा शनिबार एक च्यारिटी नाइटको तयारी भएको छ । रुम्जाटार सोसाइटी यूकेले कार्यक्रम गर्न लागेको हो ।

करिब ६ करोड रुपैयां लागतमा गुम्बा निर्माण सहयोगार्थ उक्त च्यारिटी गर्न बिहीबार बिहान नेपालबाट कलाकारहरु आनन्द कार्की, सुकमित गुरुंग, मिना देवी निरौला पोखरेल, राजु राजबहाक, रबि डंगोल, श्याम अर्याल, नम्रता योगी, धनकुमारी (सरु) थापा, स्मिता दाहाल लन्डन उत्रिएका छन् ।

दुई गायिकाहरु मिरा राणा र मौसमी गुरुंग यसअघि नै लन्डनमा छन् । स्थानीय सयपत्री कल्चरल ग्रुपले पनि सांस्कृतिक कार्यक्रममा साथ दिने बताइएको छ ।