१३ बैशाख २०८१, बिहीबार
Follow Us

पहिलो महिला इञ्जिनीयर बालबालिकालाई सहयोग गर्दै

नेपालब्रिटेन संवाददाता
३ चैत्र २०७४, शनिबार ०६:४३

काठमाडौं । पहिलो महिला इञ्जिनीयर शान्ति मल्ल हाल गरीब विद्यार्थीलाई आर्थिक सहयोग गरेर पठनपाठनमा सहयोग गर्दै आउनुभएको छ ।
आनन्द विद्या मन्दिर नरेफाँट काठमाडौँमा ती बालबालिका अध्ययनरत छन् । उहाँले विसं २०२३ मा जादवपुर विश्वविद्यालय कोलकाताबाट सिभिल इञ्जिनीयरिङ उत्तीर्ण गरी सोही साल निर्माण तथा यातायात मन्त्रालय, भवन तथा सडक विभागमा काम गरी विसं २०५९ मा अवकाश लिनुभएको हो । उहाँले कृषि विकास बैंक रामशाह पथ र जिल्लाका शाखाहरु, राष्ट्रिय कम्प्युटर केन्द्र, कर कार्यालय बबरमहललगायत थुप्रै भवनको डिजाइन गर्नुभयो ।
“मैले काम गर्दा कुनै पनि महिला नासु र टाइपिष्टसमेत थिएनन्”, उहाँले भन्नुभयो । उहाँले भवन र आफूलाई पत्रकारहरुले समेत बिर्सेकामा उहाँको गुनासो छ ।