१५ बैशाख २०८१, शनिबार
Follow Us

उपराष्ट्रपतिमा पुन दोहोरिदै

नेपालब्रिटेन संवाददाता
३ चैत्र २०७४, शनिबार ०६:५२

काठमाडौं । उपराष्ट्रपति निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगले आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको जनाएको छ । आयोगले उम्मेदवारी दर्ताका लागि संसद् भवन परिसरमा निर्वाचन कार्यालय स्थापना गरेको छ ।

राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि विद्यादेवी भण्डारी निर्वाचित भइसकेकाले अब दलहरुले उपराष्ट्रपतिमा पुरुषलाई उम्मेदवार बनाउनुपर्ने छ । उपराष्ट्रपतिमा नन्दबहादुर पुन नै दोहोरिने निश्चित जस्तै छ । उम्मेदवारी परेकाहरुविरुद्ध आजै ४ बजेभित्र दाबी विरोध र उजुरी दिने समय निर्धारण गरिएको छ ।

भोलि उजुरीमाथि जाँझबुझ गर्ने, उम्मेदवारी फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका आयोगले बनाएको छ । उपराष्ट्रपतिको निर्वाचन भने आगामी ९ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ ।