८ बैशाख २०८१, शनिबार
Follow Us

हत्या प्रकरणबारे बुझ्न संसदीय टोली

नेपालब्रिटेन डट कम्
९ भाद्र २०७३, बिहीबार ०७:११

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका चम्फापुरकी रामदुलारी रानाको हत्या प्रकरणबारे स्थलगत अध्ययन अनुगमनका लागि व्यवस्थापिका–संसद् महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिको टोली कञ्चनपुर आइपुगेको छ ।

बुधबार घटनाबारे सत्यतथ्य बुझ्न आइपुगेको टोलीले घटना भएको चम्फापुर क्षेत्रमा पुगी स्थानीय बासिन्दा तथा पीडितपरिवारसँग जानकारी लिएको छ । आज टोलीले प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, पीडित, पीडक र मानवअधिकारकर्मीसँग भेटघाट गरी घटनाबारे जानकारी लिने कार्यक्रम रहेको छ ।

टोलीमा समितिका सभापति रञ्जुकुमारी झा, आनन्दी पन्त, कलशादेवी महरा, मुक्ताकुमारी यादव, दुर्गा खुना, रुक्मिणी चौधरीलगायत रहनुभएको छ । गत जेठ १८ गते घरबाट हराएकी रानाको शव शङ्कास्पद अवस्थामा जेठ २२ गते खेतमा फेला परेको थियो ।