१६ चैत्र २०८०, शुक्रबार
Follow Us

गणेश लामालाई छुटाउन निकालिएको जुलुसमा ढुंगा हानाहान

नेपालब्रिटेन संवाददाता
३ चैत्र २०७४, शनिबार १४:१४

काभ्रे । कांग्रेसका नेता गणेश लामालाई रिहाईको माग गदै बनेपामा नेपाली कांग्रेसले निकालेको मसाल जुलुसमाथि प्रहरीले हस्तक्षेप गरेको छ । कांग्रेसको पाटी कार्यालय बनेपावाट निकाल्न लागेको जुलसमाथि प्रहरीले हस्तक्षेप गरेको हो ।

काभ्रे स्थायी घर भएका लामालाई प्रहरी प्रशासनले फसाउन खोजेको भन्दै कांग्रेसले रिहाईको माग गर्दै बनेपाको गोदामचोकवाट मसाल जुलुस निकाल्ने तयारी गरेको थियो । बनेपामा प्रहरी र आन्दोलनकारी दुवैपक्षबाट ढुंगा हानाहान भैरहेको छ । मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेपछि केही समय बनेपामा झडप समेत भएको थियो । प्रहरीले झडपलाई रोक्न केही शेल अँश्रु ग्याँस प्रहार गरेको थियो ।

झडपमा कांग्रेसका क्षेत्रीय सभापति रमेशप्रसाद हुँमागाई लगायत केही कार्यकर्ता घाइते भएका थिए । बनेपाको चारदोवाटोमा भैरहेको कोण सभामा कांग्रेसका कार्यकर्ताहरुले मसाल ल्याएर बाल्ने प्रयास गरेपछि भएपछि केही समय झडप भएको थियो । प्रहरीले कांग्रेसका केही कार्यकर्तालाई नियन्त्रणमा लिएर साँझनै छाँडेको छ । अहिलेसम्म अवस्था सामान्य हुन सकेको छैन ।