१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एजेण्डा मिल्नेसँग सहकार्य हुने- महासचिव मैनाली

नेपालब्रिटेन संवाददाता
३ चैत्र २०७४, शनिबार १४:२८

दाङ । नेकपा ९माले०का महासचिव सिपी मैनालीले वाम गठबन्धन धेरै दिन टिक्न नसक्ने बताउनुभएको छ । आज दाङमा नेकपा ९माले०को राष्ट्रिय परिषद् अधिवेशनको समापनपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो ।

वाम गठबन्धको नेतृत्व गर्नेको चरित्रका कारण एकता नटिक्ने उहाँको भनाइ रहेको छ । “शक्ति र सत्ताका लागि भएको वाम गठबन्धन कसरी टिक्छ”, महासचिव मैनालीले भन्नुभयो । वाम गठबन्धनमा मुख्य समस्या नीतिगत रहेको उहाँको भनाइ थियो ।

उहाँले वाम गठबन्धनको एकता टिकोस् भन्ने चाहना भने रहेको बताउनुभयो । “हामीले एकता टिकोस् देशको विकास होस् भन्ने चाहान्छौँ”, मैनालीले भन्नुभयो । मैनालीले आफ्नो पार्टीले एजेण्डा मिल्नेहरुसँग सहकार्य गरेर अगाडि बढ्नेसमेत बताउनुभयो ।

पत्रकार समेलनमा राष्ट्रिय परिषद् सफल बनाउन सहयोग पु¥याउने सबैलाई धन्यवाद दिनुभएको थियो । चैत १ गतेदेखि शुरु भएको राष्ट्रिय परिषद् अधिवेशन ३ गतेसम्म सञ्चालन भएको थियो ।