१४ बैशाख २०८१, शुक्रबार
Follow Us

आयरल्याण्डमा पर्यटन प्रबर्धन कार्यक्रम

नेपालब्रिटेन डट कम्
३ चैत्र २०७४, शनिबार २०:५६

आयरल्याण्ड । गैर आवासीय नेपालीहरु बिश्वको जुन कुनामा रहैपनी नेपालको पर्यटकीय सुन्दरता, आफ्नो कला संस्कृति र समग्रमा आफ्नो देश नेपाललाई कहिल्यै भुल्न सक्दैनन र नेपालकॊ प्रबर्धन एवं विकाशको लागी अधिकांश नेपाली हरु कुनै न कुनै तरहले लागी परेका हुन्छन ।
आयरल्याण्डमा रहेका विभिन्न नेपाली संघ संस्था एवं नेपाली समुदायका अग्रज , महिला ,व्यवसायी विध्यार्थीहरुले आयरल्याण्डमाका बिभिन्न शहरहरुमा शनिवार आयोजित कार्यक्रममा नेपाली समुदायका तर्फबाट आफ्नो उपस्थिति जनाए ।

कार्यक्रममा नेपाल र नेपाली चिनाउने विभिन्न प्ले कार्ड , ब्यानर , झण्डा लगायत भेषभूषा का साथ पर्यटन प्रवर्धनका सामाग्री सहित नेपालको प्रचार प्रसारमा महत्वपुर्ण भूमिका खेलेको छ ।

कोर्क शहरमा गैर आवासीय नेपाली संघ आयरल्याण्डका संस्थापक एवं पूर्व अधक्ष तथा बर्तमान संंरक्षक शुक्रराज न्यौपानेको नेतृत्वमा कोर्क नेपाली समाजका अध्यक्ष टेक नारायण पौडेल, उपाधक्ष्य विजय सहनी , एनआरएन कोर्कका संयोजक श्रीकृष्ण भण्डारी , धन बहादुर खेत्री , सीमा सुवेदी , समाजका युवा संयोजक कृष्ण जीसी लगायत समाजका पदाधिकारी र सदस्यहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।

त्यसैगरी डब्लिनको ब्र्ये शहरमा गैर आवासीय नेपाली संघ आयरल्याण्डका अध्यक्ष नबराज कोइरालाको नेतृत्वमा महासचिब उज्योल होम्बा, सहकोषध्यक्ष रबि बोगटी, अबिध्यपानी गौतम, याम उप्रेती लगायत एनआरएन सदस्यहरुको उपस्थिति रहेको थियो ।

लीमेरीक शहरमा लीमेरीक्क समाजका अध्यक्ष प्रेम घलेको नेतृत्वमा समाजका पदाधिकारी, सदस्य लगायत गैरआवासीय नेपालीहरुको राम्रो उपस्थिति रहेको थियो ।
निकट भविष्यमानै आयरल्याण्डमा रहेका विभिन्न समाजीक संघ संस्थाहरु गैर आवसीय नेपाली संघ , कोर्क नेपाली समाज , लीमेरीक्क नेपाली समाजको एवं स्थानीय निकायको संयुक्त आयोजनामा आयरल्याण्डको कोर्क शहरमा नेपालको पर्यटन प्रबर्धन गर्न नेपाल उत्सव गर्न लागेको आयरल्यण्डका नेपाली समाजका अगुवा , गैर आवासीय नेपाली संघ आयरल्याण्डका संस्थापक एवं पूर्व अधक्ष्य शुक्रराज न्यौपानेले जनाए ।