१२ बैशाख २०८१, बुधबार
Follow Us

राष्ट्रियसभा उपाध्यक्षमा शशिकला दाहाल निर्वाचित

नेपालब्रिटेन संवाददाता
४ चैत्र २०७४, आईतवार ०९:५२

काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार शशिकला दाहाल विजयी हुनुभएको छ । संसद भवन नयाँ वानेश्वरमा भएको चुनावमा दाहालले ४५ मत ल्याएर विजयी हुनुभएको हो । नेपाली कांग्रेसकी बृन्दादेवी आले रानाले ११ मत पाउनुभयो ।
राष्ट्रियसभामा एमालेका २९ र माओवादी केन्द्रका १३ गरी वाम गठबन्धनका ४२ जना सांसद रहेका छन् । कांग्रेसका १३, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका क्रमशः २ २ सांसद रहेका छन् । आजको राष्ट्रियसभा बैठकमा ५६ जना सांसदको उपस्थिती रहेको थियो ।