१६ चैत्र २०८०, शुक्रबार
Follow Us

पूर्व गृहमन्त्री खड्का सवार गाडी दुर्घटना

नेपालब्रिटेन संवाददाता
४ चैत्र २०७४, आईतवार १३:१६

सुर्खेत । पूर्व गृहमन्त्री एवं नेपाली काँग्रेसका नेता पूर्णबहादुर खड्का सवार गाडी दुर्घटना भएको छ । सुर्खेतको वीरेन्द्रनगरबाट छिन्चुतर्फ जाँदै गरेको खड्का सवार बा १५ च ८३५४ नम्बरको गाडी आइतबार अपराह्न रत्न राजमार्गअन्तर्गत मसिना भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिनुभयो ।

गाडी भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाइ छ । दुर्घटनामा खड्काका अंगरक्षक सञ्जिव आचार्य गम्भीर घाइते हुनुभएको छ भने पूर्वमन्त्री खड्काको गर्धन र खुट्टामा सामान्य चोट लागेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । घाइते खड्का र आचार्यको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।