१४ बैशाख २०८१, शुक्रबार
Follow Us

ओली थाइल्याण्ड जाँदै

नेपालब्रिटेन डट कम्
९ भाद्र २०७३, बिहीबार ०७:१८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज बैंकक जाँदै हुनुहुन्छ । थाइल्याण्डको राजधानी बैंकक स्थित नियमित स्वास्थ्य परीक्षणका लागि दिउँसो साढे १ बजे जाने कार्यक्रम तय भएको पूर्वप्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ ।
प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार ओली फङ्गस रोगको फलोअपका लागि एक महिना अघि नै जानुपर्ने थियो तर, राजनीतिक परिस्थितिका कारण ढिलो भएको हो । अध्यक्ष ओलीसँग पत्नी राधिका शाक्य, एमाले आर्थिक विभाग प्रमुख विष्णु रिमाल र स्वकीय सचिव राजेश बज्राचार्यसहित बैंकक जान लागेका हुन् । ओलीले यसअघि देखि नै बुमुनग्रड अन्तराष्ट्रिय अस्पतालमा उपचार गराउँदै आउनु भएको छ । बैंककमा स्वास्थ्य परीक्षण भइसकेपछि ओलीले थाइल्याण्ड र इण्डोनेशियाको पर्यटकीय क्षेत्रहरुको भ्रमण तथा अवलोकण गर्नुहुने छ ।