८ बैशाख २०८१, शनिबार
Follow Us

पाँच वर्षभित्रै काठमाडौंमा रेल गुड्छ : मन्त्री महासेठ

नेपालब्रिटेन संवाददाता
४ चैत्र २०७४, आईतवार १३:४९

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले पाँच वर्षभित्र काठमाडौंमा रेल सञ्चालन हुने दाबी गरेका छन् । रिपोर्टर्स क्लवले आइतबार राजधानीमा गरेको कार्यक्रममा उनले ईच्छा शक्ति भएमा देशमा विकास गर्न कुनै समस्या नहुने बताए । ‘सिङ्गापुर, मलेसिया र साइप्रस विकास हुन सक्छ भने नेपाल किन सक्दैन ? ईच्छाशक्ति भएपछि सबै सकिन्छ । पाँच वर्षभित्रमा उपत्यकामा रेल गुड्छ, ढुक्क हुनुस्,’ उनले भने ।

नेपालको आफ्नै पानीजहाज, हावाबाट बिजुली, रेलमार्गजस्ता कुरालाई हावादारी भन्नेहरुलाई आफूले काम गरेरै पाँच बर्षमा जवाफ दिने पनि मन्त्री महासेठले बताए । नेपालमा विकासका लागि पर्याप्त स्रोत साधन भए पनि त्यसको सदुपयोग हुन नसक्दा विकास हुन नसकेको उनको भनाइ थियो ।

‘एउटा खानी उत्खनन् गर्न सके पनि ५० वर्षलाई पुग्छ,’ उनले भने, ‘हामीले नसकेको काम बाहिरको सहयोग लिएर गर्न सक्छौँ । सहयोग त चीनले पनि लिन्छ नि ।’संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका नेताहरुसँग छलफल जारी रहेको भन्दै उनीहरु पनि केही दिनमै सरकारमा आउने बताए ।