७ बैशाख २०८१, शुक्रबार
Follow Us

सभापति देउवा विदेश जानुअघि नै सपथको तयारी

नेपालब्रिटेन डट कम्
९ भाद्र २०७३, बिहीबार ०७:२५

काठमाडौं । कांग्रेसले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूलाई आज शपथ गराउने भएको छ । मन्त्री चयनमा बरिष्ठ नेता रामचन्द्र पौडेलले नाम नपठाएपछि बुधबार रोकिएको सरकार बिस्तार तथा सपथ आज हुन लागेको हो । सभापति शेरबहादुर देउवा भोली उपचारका लागि सिंगापुर जाने भएकाले आजै शपथ गराउने निर्णयमा पुगेका हुन् । मन्त्री छनोटका विषयमा देउवाले हिजो साँझ नेता पौडेलसँग आफ्नै निवासमा छलफल गरेका थिए । छलफलमा देउवाले आफूले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका पालामा पनि चार मन्त्रालय पाएकाले अहिले चारवटा मन्त्रालय लिन पौडेल पक्षलाई आग्रह गरेका थिए । पौडेलले भने पाँच मन्त्रालय चाहिने अडान लिएपछि छलफल बिना निष्कर्ष टुंगेको थियो । आज मध्यान्हसम्म पनि पौडेलले मन्त्रीको नाम नदिए देउवा आफैंले ११ जना मन्त्री चयन गरेर शपथ गराउने तयारी गरेका छन् ।