११ बैशाख २०८१, मंगलवार
Follow Us

नेपाली क्रिकेट टोली आज स्वदेश फर्कदै

नेपालब्रिटेन संवाददाता
५ चैत्र २०७४, सोमबार ०५:११

काठमाडौं । एक दिवसीय क्रिकेट खेल्ने मान्यतासहित नेपाली क्रिकेट टोली आज साँझ स्वदेश फकदैछन् । जिम्बावेमा सहभागि  १० टिममध्ये आठौँ भएको नेपालले अन्तर्रा्ष्ट्रिय क्रिकेट खेल्न थालेको २२ वर्षपछि पहिलो पटक ऐतिहासिक सफलता हात पारेको हो । एसोसिएट राष्ट्रमध्ये शीर्ष स्थानमा रहन सफल भएपछि समूह चरणमा शीर्ष स्थान रहन नसकेपछि नेपालले क्रस प्लेअफमा पपुअ न्यूगिनीलाई पराजित गरेको थियो भने सातौँ स्थानको प्लेअफमा नेदरल्याण्ड्ससँग पराजित भएको थियो ।

एकदिवसीय मान्यता पाएसँगै नेपालले थुप्रै अवसर पाएको छ । नेपालले आईसीसीबाट पाउदै गरेको आर्थिक तथा अन्य सुविधामा उच्च वृद्धि हुनेछ । त्यस्तै नेपालले आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप, इन्टर कन्टिनेन्टल कप जस्ता उच्च श्रेणीको क्रिकेट खेल्ने मौका पाउनेछ ।