१५ चैत्र २०८०, बिहीबार
Follow Us

सौतासँग झगडा, घरमा आगो, सुतिरहेका छोराछोरीको मृत्यु

नेपालब्रिटेन संवाददाता
५ चैत्र २०७४, सोमबार ०५:१३

रामेछाप । रामेछापमा घरायसी विवादले उग्र रुप लिंदा दुई बालबालिकाको ज्यान गएको छ । सौता सौताबीचको झगडा बढ्दै गएपछि खाँडादेवी गाउँपालिका ६ पन्नेचौर निवासी तारा केसीले आइतबार राती घरमा आगो लगाउँदा सुतिरहेका ४ वर्षका छोरा बिपिन र ३ वर्षकी छोरी रमीताको जलेर ज्यान गएको हो ।

केही समयअघि केसीका श्रीमान दिलबहादुर खत्रीले कान्छी श्रीमती ल्याएका थिए । कान्छी श्रीमती ल्याएपछि श्रीमानले हेलाँ गरेको भन्दै विवाद बढ्दा दुखद घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । प्रहरीले घटनामा संलग्न तारा केसी र उनका श्रीमान दिलबहादुर केसीलाई नियन्त्रणमा लिएको छ ।