७ बैशाख २०८१, शुक्रबार
Follow Us

भुस्याहा कुकुर नियन्त्रणमा २ करोड खर्च

नेपालब्रिटेन संवाददाता
५ चैत्र २०७४, सोमबार ०५:२३

काठमाडौं । काठमाडौं महानगरिपालिकाभित्र भुस्याहा कुकुर व्यवस्थापनका नाममा दुई बर्षमै करिव दुई करोड रकम खर्च भए पनि भुस्याहा कुकुर आतंक भने बढ्दो छ । पहिलेदेखि नै महानगरपालिकाले भुस्याहा कुकुर व्यवस्थापनका लागि बजेट छुट्याउने गरेको थियो । यद्यपी अहिले सम्म पनि भुस्याहा कुकुरको व्यवस्थापन नभएपछि सर्वसाधारण निराश भएका छन ।
पुराना कार्यक्रम प्रभावकारी नभएको भन्दै दुई बर्षअघि महनगरपालिकाले कुकुर व्यवस्थापन गर्न मनुमित्र कार्यक्रम सुरु गरेको थियो ।