१४ बैशाख २०८१, शुक्रबार
Follow Us

मोर्चाद्वारा वार्ता समिति गठन

नेपालब्रिटेन डट कम्
९ भाद्र २०७३, बिहीबार ०७:३१

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफूले राखेका माग पूरा गराउन सरकारसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।
सङ्घीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत संयोजक तोकिएकोसमितिमा तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय र सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमन सदस्य रहनुभएको छ । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरको अध्यक्षतामा बसेको बैठकमा वार्ता समिति गठन भएको हो । समितिले मधेस आन्दोलनका क्रममा साहदत प्राप्त गरेका तर सहिद घोषणा गर्न बाँकी रहेका १२ जनालाई सहिद घोषणा गराउने तथा घाइतेको उपचार र क्षतिपूर्तिका बारेमा सरकारसँग वार्ता गर्ने समितिका सदस्य मनिषकुमार सुमनले जानकारी दिनुभयो । समितिका सदस्य सुमनका अनुसार बैठकले संविधान संशोधन प्रक्रियालाई अगाडि बढाउन आवश्यक वातावरणको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ ।