१२ बैशाख २०८१, बुधबार
Follow Us

रेडियो नेपालबाट राति नै समाचार वाचिका गायब

नेपालब्रिटेन डट कम्
९ भाद्र २०७३, बिहीबार ०८:०९

काठमाडौं । रेडियो नेपालका दुई जना समाचार वाचिका राति एकाएक गायव भए । रातिको ड्युटीमा खटिएका दुई समाचार वाचिका कहाँ गएर भनेर रेडियो नेपाल प्रशासनले रातभरि मान्छे लगाएर खोजेको थियो । प्रत्येक घन्टा घन्टामा समाचार भन्नुपर्ने समाचार वाचिका राति ११ बजेको समाचार भन्ने बेलामा नआएपछि खोजी भएको थियो । बुधबार राति दुई महिला डिउटीमा थिए । उनीहरु कहाँ गए भनेर रेडियो नेपाल भवनको प्रत्येक कोठाचोटामा प्रहरीसहित खोजविन गरिएको थियो ।
प्राविधिक र समाचार वचक मिलेर समाचार रेकर्ड गराएको थियो । समाचार रेकर्ड गराइसकेपछि ती दुई महिला सहमतिमै घर गएका थिए । उनीहरु मोबाइल सुइच अफ गरेर सुतेछन् । पछि अर्का एक प्राविधिकले उनीहरु चाहिँ घर गएर सुत्ने हामी चाहिँ रातिभरि खट्नुपर्ने भन्दै रेडर्क भएको समाचार डिलिट गरिदिएछन् । समाचार बझ्नुपर्ने बेलामा रेकर्ड गरिएको फाइल नभेटिएपछि समस्या उत्पन्न भएको थियो । रकेर्ड गरिएको समाचार प्राविधिकले नभेटेपछि उनले प्रशासनलाई खबर गरेका थिए । त्यसपछि प्रशासनले डिउटीमा खटिएका समाचार वाचकको खोजी गरेको थियो ।
रेडियो नेपालले गत भदौ १ गतेदेखि २४ सै घन्टा रेडियो सेवा सञ्चालनमा ल्याएको थियो । राति १० बजेदेखि बिहान ६ बजेम्मको डिउटी गर्ने कर्मचारीले एक दिन विराएर डिउटी गर्नुपर्ने नियम बनाइएको छ । जनशक्ति थोरै भएकाले पुरानै कर्मचारीबाट २४ घण्टे सेवा रेडियोले उपलब्ध गराउँदै आएको छ । प्राविधिक, सहयोगी र पत्रकारलगायत झन्डै दुई दर्जन कर्मचारी रेडियो नेपालले मागेको छ ।