१२ बैशाख २०८१, बुधबार
Follow Us

सिकागोमा अन्तराष्ट्रिय महिला दिवस तथा साहित्यिक गोष्ठी सम्पन्न

नेपालब्रिटेन डट कम
५ चैत्र २०७४, सोमबार २३:१८

गैह्र आबिसिय नेपाली संघ, अमेरीका, ईलिनोई च्याप्टरको संयोजनमा सिकागोमा “अन्तराष्ट्रिय महिला दिवस २०१८ तथा साहित्यिक गोष्ठी” सम्पन्न भएकोछ। स्थानिय सिकागोल्याण्ड नेपाली फ्रैण्डसिप सोसाईटी र अन्तराष्ट्रिय साहित्य समाज, सिकागो च्याप्टरको संयुक्त आयोजनामा आईतबार सम्पन्न उक्त कार्यक्रममा बक्ताहरूले महिलाको हक, हित, ब्याबसायिक बिकास र ससक्तिकरणको बारेमा आफ्नो धारणा राख्नुको साथै डेढ दर्जन भन्दा बढी साहित्यप्रेमीहरूले आफ्ना साहित्यिक रचनाहरू प्रस्तुत गरेका थिए।
अमेरीकाका लागि नेपाली दुतावास, वासिंगटन डिसीका ईकोनोमिक काउन्सेलर, कैलाश राज पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा एनआरएनए आईसीसी का पोलिसी एवं प्रोसेड्युयर कमिटिका सह-संयोजक एवं एन्मा अध्यक्ष बाला घिमिरे; एनआरएनए एनसीसीका सल्लाहकार एवं न्याकका अध्यक्ष बिष्णु फुँयाल, एनआरएनए ईलिनोई च्याप्टर अध्यक्ष सत्यनारायण चौधरी तथा सिएनएफएफएस अध्यक्ष टेकराज पौडेलले, नारीको हक अधिकार, अवसर, महिला सशक्तिकरण, ब्यबसायीक विकाश आदिको बारेमा आफ्नो धारणा राख्नु भएको थियो। प्रमुख अतिथि श्री पोखरेलले “नेपालको परिस्कृत ब्यापार र लगानीका अबसरहरू” बिषयमा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै हालका दिनमा नेपालमा लगानीका असंख्य सम्भावनाहरू अभिबृद्धी हुदै गएकोले आप्रबासीहरूले नेपालमा आफ्नो लगानी गर्न हिच्किउन नहुने कुरा बताउनु भयो।

उक्त कार्यक्रममा एशियन हुम्यन सर्भिसेजका प्रतिनिधि नाना अहमदले ब्याबयायीक रोजगारीको बिषयमा आफ्नो धारणा राख्दै नेपाली समुदायको ब्यक्तिहरूको ब्याबसायिक रोजगारीकोलागि यथासक्य सहयोग गर्ने कुरा बताउनु भयो। सो कार्यक्रममा स्पोनसर ट्वान्टि फ्रस्ट सेन्चुरीका प्रतिनीधिका ३ जना महिलाहरूलाई गोलाप्रथाद्वारा पुरस्कार प्रदान गर्नुभयो। सहभागिहरूले नृत्य तथा गीतहरू समेत प्रस्तुत गरिएको सो कार्यक्रममा बशुधा पोखरेल, बिष्णु पाठक, भिम राई, बिष्ना देबी, गोपाल जिसी, गोपाल कंडेल, ईश्वरी बगाले तथा जगन निरौलाले आफ्नो साहित्यक रचनाहरू प्रस्तुत गर्नु भयो। त्यसैगरी साहित्यिक रचना प्रस्तुत गर्नेहरूमा जितेन्द्र राणा, कृष्ण घलान, पुजा बस्याल, लक्ष्मण नियौपाने, मेनुका चौधरी, मिना पाण्डे, टेकराज पौडेल, टुक बहादुर केसी, राधा भट्टराई शिब पलास, शिब अधिकारी, शुनल त्याता आदि हुनुहुन्थ्यो।
एनएरएनए ईलिनोई च्याप्टरका महिला संयोजक कबिता नेपालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा स्वागत मन्तब्य एनआरएनए ईलिनोई च्याप्टरकै बोर्ड अफ डाईरेक्टर निता कार्कीले ब्यक्त गर्नु भएको थियो। डेढसय भन्दाबढी सहभागीहरु उपस्थित सो कार्यक्रमको संचालन सिएनएफएसका कार्यकारी सदस्य दक्षिणा दहालले गर्नु भएको थियो।