१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एम्पाएर हलमा रुम्जाटार गुम्बा च्यारिटी नाइट सम्पन्न

नेपालब्रिटेन डट कम्
५ चैत्र २०७४, सोमबार २३:४५

शनिबार बेलायत स्थित एल्डरशटको एम्पाएर हलमा रुम्जाटार गुम्बा च्यारिटी नाइट सम्पन्न भयो ।

बेलायतको थर्ड आइ टिमलेको आयोजना गरेको सो च्यारिटी कार्यक्रमबाट २० लाख भन्दा बढी रुपियाँ संकलन भएको कार्यक्रम संयोजक बिष्णु गुरुंगले जानकारी दिए । उनले सो रकम ओखलढुंगाको रुम्जाटारमा निमार्णाधीन गुम्वालाई सहयोग गरिने पनि बताए ।

थर्ड आईको निमन्त्रणामा बेलायत आएका कलाकारहरु आनन्द कार्की, सुकमित गुरुङ, मीनादेवी निरौला, राजु राजबाहक, सरु थापा, रवि डंगोल, नम्रता योगी सहित मीरा राणा , मौसमी गुरुङ र स्थानीय सयपत्री कल्चर समूहले बिबिध साँगितिक प्रस्तुती दिएका थिए ।

आयोजक संस्थाका बिकास देवकोटाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने कलाकारहरु , दर्शक र आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

कार्यक्रममा एनआरएनएका उपाध्यक्ष कुल आचार्य, एनआरएनए युकेका अध्यक्ष योग फगामी , उपाध्यक्ष शेर सुनार सहित समाजसेवीहरुहरु सुर्य गुरुङ सहितको बाक्लो उपस्थिति थियो ।