१३ बैशाख २०८१, बिहीबार
Follow Us

चामलमा चामलजस्तै शिसा होसियार हुनुहोस्

sarusaru
६ चैत्र २०७४, मंगलवार ०३:०४

सरु पौडेल ,काठमाण्डौ – हामीले बजारमा चामल सफा देख्छौँ । चामल सफा भएपछि कुनै अखाद्य वस्तु छैन भन्ने सोच्छौँ र नहेरी भात पकाउँछौँ , खान्छौँ । कहिलेकाहीँ भात खाने क्रममा भातमा अखाद्य वस्तु भेटिन्छ ।
चामलमा प्लाष्टिक , ढुङ्गा लगायतका अखाद्य वस्तु भएका समाचारहरु त हामीले प्रशस्त सुनेका छौँ ।
एकजना ग्राहकले खाना खाने क्रममा भातसँगै भातको सिताजस्तै शिसाको टुक्रा खानासँगै मुखमा पुग्यो ।उनले ढुङ्गा होला भनेर झिकेर हेर्दा त्यो शिसाको टुक्रा भन्ने थाहा पाए र अरुलाई पनि सचेत हुन आग्रह गरेका छन् ।
यो घटना त प्रतिनिधि घटना मात्र हो यस्ता अनेकौँ घटनाका कारणले मानिसहरुले ज्यानसमेत गुमाउनु परेको छ ।