८ बैशाख २०८१, शनिबार
Follow Us

बाग्लुङमा बस दुर्घटना हुँदा एक बेपत्ता दर्जनभन्दा बढी घाइते

sarusaru
६ चैत्र २०७४, मंगलवार ०३:४९

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका-१ गरगरेमा मंगलबार विहान बाग्लुङको ढोरपाटन नगरपालिकामा बस दुर्घटना भएको छ । विहान ४ बजेर ३० मिनेट जाँदा भएको दुर्घटनामा एक महिला बेपत्ता भएकि छन् भने दर्जन बढी यात्रु घाईते भएका छन् । बुटवलबाट बुर्तिवाङ जाँदै गरेको लु १ ख ७४३९ नंबरको बस बुर्तिवाङ नगरपालिका १ गरगरेमा दुर्घटना भएको हो । बस अनियन्त्रित भई मोटरबाटो भन्दा २५ मिटर तल बडीगाड खोलामा खसेको थियो। बसमा यात्रा गरिरहेका १५ जना यात्रुहरुलाई उद्धार गरेर बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पुराएर उपचार भैरहेको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख कृष्ण रानाले बताए ।

बसमा सवार एक भारतीय नागरिकको शरिरिरमा ठुलो घाउ लागेकाले अबस्था गम्भीर रहेको बताए । प्रहरीका अनुसार एक जना बृद्धा हराईरहेकाले खोजि कार्य जारी रहेको भएपनि अझै भेटिएको छैन । करिब १६-१७ जना सवार सो रात्रिबसमा चालक सहित १० जना घाईते भएका छन् । बस चालक निदाएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको आंशका छ ।